फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आन हुई प्रान्तीय यी जिल्लाको सुन्दर गाउँको निर्माण

(GMT+08:00) 2018-07-27 09:44:15

 आन हुई प्रान्तीय व्हाङ शान शहरको यी जिल्लामा पर्ने विश्व साँस्कृतिक सम्पदा सी ती गाउँ र हुङ छ्वन प्राचीन गाउँले हरेक वर्ष धेरै स्वदेशी र विदेश पर्यटकहरूलाई आकर्षित गरेका छन्। यी जिल्लाका करीब 30 प्रतिशत वासिन्दा ग्रामीण पर्यटनको विकासमा संलग्न छन्। पर्यटन व्यवसाय पनि स्थानीय महत्वपूर्ण टेवा व्यवसाय बनेको छ। पर्यटनको विकास गर्नुका साथै यी जिल्लाले स्थानीय प्राचीन को गाउँ र पर्यावरणीय वातावरणको संरक्षण गर्न विभिन्न कदम चालेर सुन्दर गाउँ निर्माणमा नयाँ प्रगति हासिल गरेको छ।

"चित्रजस्तै गाउँ" कहलाइएको हुङ छ्वन प्राचीन गाउँमा है लुङ च्याङ प्रान्तको हार्बिन शहरबाट आएका विश्वविद्यालयकी विद्यार्थी युवती लीले त्यहाँ चित्र कोर्दैछिन्। त्यहाँ सुन्दर दृश्य र पूरातात्विक वस्तुको संरक्षण कार्यले उनको मनमा गहिरो छाप पारेका छन्। उनी भन्छिन् "हुङ छ्वन गाउँ चित्रजस्तै छ। मलाई मन पर्छ। म चीनको उत्तरी भागबाट आएकी हुँ। हामी चित्र कोर्न यहाँ आएका छौं। यहाँ निकै सुन्दर छ। पहिला मैले यस्तो दृश्य देखेकी थिइँन। यहाँ निकै शान्त भएको मैले महसुस गरेकी छ। यहाँका विभिन्न घरहरु राम्रोसँग संरक्षण गरिएको छ।"

यी जिल्लाको सँस्कृति तथा पर्यटन विकास कार्यालयका प्रमुख वाङ यु चले स्थानीय विश्व साँस्कृतिक सम्पदाको संरक्षण गर्न यी जिल्लाले धेरै क्षेत्रको कदम चालेको कुरा बताउनुभयो। प्रमुख वाङ भन्नुहुन्छ

"हामीले विश्व साँस्कृतिक सम्पदा पर्ने ठाउँको संरक्षणलाई केन्द्रको रुपमा बनाएर "सी ती, हुङ छ्वनको विश्व साँस्कृतिक सम्पदाको संरक्षणको व्यवस्थापन नयम" सार्वजनिक गरेका, सम्पदाको संरक्षणको व्यवस्थापन समितिको स्थापना गरेका, सी ती, हुङ छ्वन संरक्षण कोषको स्थापना गरेका छौँ। हरेक वर्षमा दृश्य क्षेत्रको टिकटको आम्दानीबाट 20 प्रतिशत शुल्क उठाएर यी जिल्लाको पूरातात्विक वस्तुको संरक्षण कोष रुपमा बनाउने गर्दछ।"

1  2  3  
जानकारी तथा लेखहरु