फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # तेलअभिभस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा "इजरायलीको मुखबाट चिनियाँ गीत"

(GMT+08:00) 2018-07-30 10:15:09

केही समयअघि इजरायलको तेलअभिभस्थित चिनियाँ सांस्कृतिक केन्द्रले पहिलो पल्ट "इजरायलीले चिनियाँ गीत गाउने" गतिविधिको आयोजना गरेको थियो। त्यस गतिविधिले अधिकांश इजरायली युवा-युवतीहरूलाई आकर्षित गरेको छ।

चीनको हङ्गकङ्गका प्रसिद्ध पप गायिका मो वन वैको "यदि तिमी बिना" शीर्षकको प्रतिनिधि गीतलाई पुरुष-महिला युगल गानको रुपमा परिणत गरिएको छ। गीत गाउने दुवै विदेशीको स्वर साह्रै सुमधुर छ। उनीहरूको चिनियाँ भाषा पनि शुद्ध सुनिन्छ। गीत सुन्दा विदेशीले चिनियाँ गीत गाएको जस्तो पनि पटक्कै देखिँदैन।

रवान भन्ने चिनियाँ परम्परागत वादनबारे चर्चा गर्दा धेरैजनाले यो कुरा कहिल्यै पनि नसुनेको हुनुपर्छ। तर इजरायली पुरुष मोरान रोजेन्स्जाइन ज्यादै सिपालुपनका साथ त्यो चिनियाँ परम्परागत वाद्य चलाउनसक्नुहुन्छ।

मोरान चीनको छङ तु शहरमा दुई वर्षसम्म बसेर चिनियाँ भाषा र सँगीतको अध्ययनरत् हुनुहुन्छ। उहाँका अनुसार, जुनसुकै ठाउँ पुगेपनि वाद्य-वादन पसलको अवलोकन गर्नु एकदमै मनपर्छ। सन् 2014मा उहाँले पहिलो पल्ट छङ तुमा रवान भन्ने चिनियाँ वादन देख्नुभएको थियो। उहाँले जानकारी दिंदै भन्नुभयो:

मलाई मीठो लागेको छ। त्यसको स्वरुप पनि मलाई मनपर्छ। चीनका विभिन्न स्थानका सँगीत पनि निकै मन पराउँछु। मसँग थुप्रै वाद्य-वादन छन्। अल हु भन्ने चिनियाँ परम्परागत वादन र युगुर जातिका केही बाजा बजाउन पनि आउँछ। ती वादनमध्ये रवान साह्रै मीठो सुनिन्छ जस्तो मलाई लाग्छ। चलाउन पनि सजिलो हुन्छ।

1  2  
जानकारी तथा लेखहरु