फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी कार्यक्रम# मिङ्ग राजवंशमा चाङ्ग च्यु चेङ्गको सुधार-2

(GMT+08:00) 2018-08-01 10:50:52

तत्काल मिङ्ग राजवंशको शासनमा सैन्य र राजनीतिक क्षेत्रमा भ्रष्टाचार हुनुका साथै वित्तको अभाव भएर जनताको जीवन ज्यादै गाह्रो थियो। चाङ्ग च्यु चेङ्गले त्यस्तो अवस्थाको सामना गर्न अनेकन सुधार कदमको तर्जुमा गरे।

चाङ्गले अधिकारीको कडा छानबिन र मूल्याङ्कन गर्ने प्रणालीलाई सबल पारे। राम्रो काम र शासन गर्ने अधिकारीको प्रशंसा गर्नुका साथै काम गर्न अल्छी मान्ने अधिकारीलाई पदबाट हटाएका थिए। यसपछि विभिन्न तहका अधिकांश अधिकारीहरुले मेहनती भएर आफ्नो कार्यिसम्पादन गर्नुपर्‍यो।

राजनीतिक साशनमा भ्रष्टाचार हुनाले धनी मान्छे झन् झन् धनी हुनुका साथै देशको वित्त झन् झन् कम हुँदैगयो। किनकी किसानहरुको खेती क्रमशः जमिनदारको हातमा हस्तान्तरण गरिन्थ्यो। तर जमिनदारले आफ्नो विशेष अधिकार प्रयोग गरेर देशलाई थोरै मा कर तिर्दथ्ये। चाङ्ग च्यु चेङ्गले देशभरी खेतीको अनुगमन गर्न आदेश दिए। खेतीको अनुगमन गरेपछि चाङ्गले विविध प्रकारको करको सुधार पनि गरे। जसरी देशको राजस्व क्रमशः बढ्दैगयो।

1  2  
जानकारी तथा लेखहरु