फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# कृषि उद्योगको परिवर्तनबाट याङ्से नदीका दुई तटवर्ती क्षेत्रको पर्यावरणीय निर्माणलाई प्रवर्द्धन

(GMT+08:00) 2018-08-02 14:53:30

चीनको पश्चिमी भागमा पर्ने एउटा मात्रै केन्द्र शासित नगरपालिका छुङ्गछिङ्ग शहर याङ्से नदी बग्ने माथिल्लो भागमा पर्दछ। यस शहरले लामो समययता याङ्से नदी बग्ने माथिल्लो भागको पर्यावरणीय वातावरणको निर्माणलाई प्रथम महत्वपूर्ण कार्यको रुपमा लिँदै आएको छ। हाल केही वर्षयता छुङ्ग छिङ्ग शहरले ठूलो परिमाणमा सुन्तला,परम्परागत चिनियाँ जडिबुटी,चिया लगायत उद्योगको विकास गर्दै आधुनिक पहाडी क्षेत्रको विशेषतायुक्त तथा उच्च प्रभावकारी कृषिको विकासलाई प्रवर्द्धन गर्दै गएको देखिन्छ।

छुङ्ग छिङ्ग शहरको वाङ्ग चौ क्षेत्र याङ्से नदीका त्रिघाटी क्षेत्रको केन्द्रमा पर्दछ भने याङ्से नदी बग्ने माथिल्लो भागको महत्वपूर्ण पर्यावरणीय क्षेत्र हो। सन्2005देखि वाङ्ग चौ क्षेत्रले गुलाब गुलियो सुन्तला रोप्न थालेको थियो। सो सुन्तला चीनको सुन्तला अनुसन्धान व्युरोले इटली सुन्तलाको जिर्मलाई अनुसन्धान गरेर हुर्काएको हो। जसले यस गुलाब गुलियो सुन्तलासँग गुलाबको स्वाद,सुगन्ध र रङ्ग रहेको छ।

1  2  3  
जानकारी तथा लेखहरु