फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# कृषि उद्योगको परिवर्तनबाट याङ्से नदीका दुई तटवर्ती क्षेत्रको पर्यावरणीय निर्माणलाई प्रवर्द्धन

(GMT+08:00) 2018-08-02 14:53:30

गुलाब गुलियो सुन्तला वर्तमान वाङ्ग चौ क्षेत्रको विशेषतायुक्त प्रमुख कृषि उद्योगहरुमध्ये एक हो। दशभन्दा बढी वर्ष पार गरी सारा वाङ्ग चौ क्षेत्रसँग आठ करोड वर्गमीटर क्षेत्रफलको गुलाब गुलियो सुन्तला खेती रहेको छ। गुलाब गुलियो सुन्तला सम्बन्धी व्यवसायको संख्या चालिसभन्दा बढी पुगेको छ। 28 मापदण्ड रोपन क्षेत्रबाट बीस करोड चिनियाँ युआनको उत्पादन मात्रा सिर्जना गरेको छ। यसप्रति छुङ्ग छिङ्ग शहरको वाङ्ग चौ फलफूल रूख प्रविधि प्रचारप्रसार स्टेशनका उपाध्यक्ष वाङ्ग स्याउ वीले जानकारी दिँदै यसरी भन्नुभयो:हाम्रो गुलियो सुन्तला रोपन परियोजना याङ्से नदीसित घनिष्ट सम्बन्ध रहेको छ। सन्2010देखि हामीले याङ्से नदीका दुई किनार क्षेत्रमा पाँच करोडभन्दा बढी वर्गमिटर क्षेत्रफलको गुलाब गुलियो सुन्तलाको विकास गरेका छौं। जसबाट कृषिको विकास गरेको मात्र नभइ याङ्से नदी तटवर्ती क्षेत्रको जङ्गल ढाक्ने दरलाई पनि बढाएको छ।

1  2  3  
जानकारी तथा लेखहरु