वाङ्ग चौ क्षेत्रबाहेक छुङ्ग छिङ्ग शहरको युन याङ्ग जिल्ला पनि सुन्तला उद्योगको एक महत्वपूर्ण उत्पादन आधार हो। सन्2017सम्म सारा युन याङ्ग जिल्लामा जम्मा दश करोड वर्गमिटर क्षेत्रफलको सुन्तला रोपेको देखिन्छ। सुन्तला रोप्ने किसानमध्ये अधिकाँश नै याङ्से नदीका त्रिघाटी क्षेत्रका आदिवासी हुन्। सुन्तला उद्योगको विकासले प्रभावकारी रुपमा याङ्से नदीका त्रिघाटीको निर्माणका लागि त्यस क्षेत्रबाट अन्य स्थलसम्म सरेका बासिन्दाको रोजगारी समस्याको समाधान गरेको छ। साथै स्थिर रुपमा धन सिर्जना गर्ने आधारमा याङ्से नदीको पर्यावरणीय वातावरणलाई पनि संरक्षण गर्न सकियोस। यसप्रति युन याङ्ग जिल्लाको फलफूल उत्पादित बस्तु विकास विभागका अध्यक्ष छन यानले भन्नुभयो: आर्थिक लाभबाहेक पर्यावरणीय लाभ अझ बढी ठूलो देखिन्छ। सुन्तला उद्योगले हाम्रो याङ्से नदीको तटवर्ती क्षेत्रको वनजङ्गल ढाक्ने दरलाई बढाउनेमा उल्लेखनीय योगदान सिर्जना गरेको छ।
1 2 3