फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको शा श्येन रेस्टुरेन्ट जापानको टोकियोमा

(GMT+08:00) 2018-08-03 10:00:42

चालू वर्षको जुन महिनामा जापानको टोकियोमा चीनको शा श्येन रेस्टुरेन्टको पहिलो शाखा खोलिएको छ। टोकियोस्थित सी.आर.आईका पत्रकारले यस रेस्टुरेन्टका मालिक वाङ युआन याउसँग अन्तर्वार्ता पनि लिनुभएको छ। मालिक वाङले जापानमा अझै धेरै शाखा खोल्ने इच्छा प्रकट गर्नुभयो।

विदेशमा बसोबास गरिरहेका चिनियाँ प्रवासीले जन्मथलोको स्वादको सम्झना गर्छन्। हाल शा श्येन रेस्टुरेन्ट टोकियोमा खोलिएको छ। उनीहरूले जापानमा जन्मथलोको स्वाद चाख्न सक्छन्। यस रेस्टुरेन्टका नियमित ग्राहक भन्छन् - "म जापानमा धेरै वर्षदेखि बसोबास गर्दैआएको छु। चीनको खाना संस्कृति जापानमा गहिरो रुपमा फैलिएको छ। तर जापानमा चिनियाँ खानामा जन्मथलोको स्वादको अभाव छ। यो रेस्टुरेन्ट राम्रो छ। सूप, यो रेस्टुरेन्टको विशेषता हो। अर्को पटक म यो सूप चाख्ने छु। तर यो रेस्टुरेन्टमा तरकारीका प्रकार भने थोरै छन्।"

अर्की ग्राहक भन्छिन्- "मेरो विचारमा स्वाद राम्रो छ र चीनको जस्तै छ। घरको खानाको स्वाद सम्झेमा यहाँ आएर खाने गर्छु। तर म अल्छी छु। यो रेस्टुरेन्टले डेलिभरीका साथै खाना प्याक गरी लैजाने सेवा उपलब्ध गराउनसक्ने आशा मैले लिएकी छु।"

यो शा श्येन रेस्टुरेन्ट टोकियोको टाकाडानोबाबामा पर्दछ। यो जापानको प्रसिद्ध विश्वविद्यालय वासेडा विश्वविद्यालय नजिक छ। वासेडा विश्वविद्यालयमा धेरै चिनियाँ विद्यार्थीहरू अध्ययनरत छन्। त्यसैले उत्तम गुणस्तर र सस्तो मूल्यका पसलहरू त्यहाँ खोलिएका छन्। मालिक वाङ युआन याउले रेस्टुरेन्टका लागि ठाउँ छनौट गर्न धेरै ठाउँको निरीक्षण गर्नुभयो। अन्त्यमा उहाँले यस ठाउँलाई छनौट गर्नुभयो।

वाङ युआन याउले गत शताब्दीको असीको दशकमा अध्ययन गर्न जापान जानुभएको थियो। विश्वविद्यालयबाट स्नातक भएपछि उहाँले जापानको एक प्रसिद्ध कम्पनीमा काम गर्न थाल्नुभएको थियो। सन् २००० मा उहाँले कम्पनीमा राजीनामा दिनुभयो र आफ्नो कम्पनीको स्थापना गर्नुभयो। फु चेनवासीको हैसियतमा उहाँले शा श्येन खाजाघरलाई जापानमा ल्याउने आशा लिनुभयो। गत वर्ष एक पटक स्वदेश फर्कनुभएपछि उहाँले आफ्नो संकल्पलाई साकार तुल्याउने आशा लिनुभयो। वाङ युआन याउ भन्नुहुन्छः

1  2  
जानकारी तथा लेखहरु