फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चीनको अल्पसंख्या जाति#ग्राशी गुम्बा

(GMT+08:00) 2018-08-07 13:45:44

 

ग्राशी गुम्बालाई जाकी गुम्बा पनि भनिन्छ। यो तिब्बतको एक मात्रै धन लक्ष्मी गुम्बा हो। गुम्बा उत्तरी ल्हासाको तेस्रो चक्रपथको उत्तरपट्टिमा पर्छ। तिब्बती बौद्ध धर्मको गेलुग सम्प्रदायको सेरा गुम्बाको एक शाखा गुम्बा पनि हो। तिब्बती भाषामा जाबाको अर्थ भिक्षु हो र कीको अर्थ चार हो त्यसैले जाकीको गुम्बाको अर्थ चारजना भिक्षु गुम्बा भन्ने रहेको छ। किनभने सबभन्दा पहिला यहाँ सेरा गुम्बाबाट खटिएका चार भिक्षुले यहाँ बसेर व्यवस्थापन गरेका थिए। जाकी गुम्बामा राखिएको धनलक्ष्मीलाई तिब्बती भाषामा ग्राशीराम पनि भनिन्छ त्यसैले गुम्बालाई ग्राशी गुम्बा पनि भनिन्छ।

सबभन्दा पहिला यहाँ छिङ वंशका सेना तैनाथ क्षेत्र थियो। सेनाले यहाँ सैनिक क्वानयु मन्दिरको निर्माण गरे। पछि तत्स्थानमा मन्दिरलाई पुनःनिमार्ण गरी ग्राशी गुम्बा निर्माण भएको थियो। हालसम्म गुम्बाको इतिहास तीन सय वर्षभन्दा बढी भइसकेको छ। तिब्बती क्षेत्रबाहिर गान्देन गुम्बा, ड्रेपुङ गुम्बा, सेरा गुम्बा जस्तै ग्राशी गुम्बा त्यति नाम चलेको छैन आकर्षित पनि छैन तर ल्हासामा ग्राशी गुम्बा निकै नामी छ। विशेष गरी धेरै धन कमाउन मन पराउनेहरु यहाँ पूजा-आजा गर्न जाने एक मात्र ठाउँ हो।

1  2  3  
जानकारी तथा लेखहरु