फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# ओखरमा निर्भर समृद्धिको बाटो

(GMT+08:00) 2018-08-10 16:45:20

सन् 2014 मा शन च्युन छङले जम्मा एक करोड चिनियाँ युआन लगाएर मेशनको नयाँ ढाँचामार्फत समस्त गाउँमा अमेरिकी ओखरको रोपाइको प्रचार-प्रसार गर्नुभएको थियो। शन च्युन छङले राम्रो आर्थिक फाइदा प्राप्त गर्नुका साथै खेतीपातीमार्फत हिस्सेदारी तथा रोजगारी भित्र्याउने लगायतका तरीकाहरूमार्फत स्थानीय किसानलाई फाइदा पुर्‍याउनुभयो। छिङ फङ लिङ गाउँ गरिबीबाट मुक्त हुने प्रक्रियामा गति प्रदान गरिएको छ। शन च्युन छङकाअनुसार, बाह्र वटा गरिब परिवारले खेतीपातीमार्फत उद्योग-व्यवसायको हिस्सेदार बनेका छन्। हरेक वर्ष उद्योग-व्यवसायले गरिब परिवारको एक मू अर्थात् 0.067 हेक्टरको खेतीपातीका लागि छ सय चिनियाँ युआन लाभांश उपलब्ध गराएको छ। प्रति परिवारले एक वर्षमा सरदर पाँच हजार चिनियाँ युआन पाउनसक्छ। यस बाहेक, शन च्युन छङले गरिब परिवारहरूलाई अमेरिकी ओखरको रोपाइसम्बन्धी तालिम दिनका लागि "छाङ फङ जिल्ला ओखर रोपाइ संघ"को स्थापना गर्नुभयो। उहाँ भन्नुहुन्छ "सन् 2016 स्थापना भएयता हामीले चार पटक तालिम कक्षाको आयोजना गरेका छौं। हरेक पटक तालिम लिएका वासिन्दाहरूको संख्या एक सय जना बराबर भयो। तालिम कक्षाले प्राविधिक तालिम दिनुका साथै ग्रामीण क्षेत्रको विकास नीतिको प्रचार-प्रसार गरेको छ।"

1  2  3  
जानकारी तथा लेखहरु