फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# ओखरमा निर्भर समृद्धिको बाटो

(GMT+08:00) 2018-08-10 16:45:20

शन च्युन छङले कम्पनीले छिङ फङ लिङ गाउँका गरिब वासिन्दाहरूलाई सानो ओखर विरुवा उपलब्ध गराई गरिब वासिन्दाहरूलाई धनी बनाउन मद्दत दिएको छ। उहाँ भन्नुहुन्छ "गत वर्षको अन्त्यदेखि चालू वर्षको वसन्तसम्म जम्मा एक सय पन्ध्र वटा गरिब परिवार छन्। कम्पनीले हरेक परिवारलाई बीस वटा ओखरका विरुवा दिएको छ। गरिब वासिन्दा धनी बनेका छन्, आम्दानी भएपछि उनीहरू गरिब रहेनन्।"

वासिन्दा फङ मो थाउले ओखर वनस्पतिका कारण रोजगारी पाएका छन्। हरेक वर्षमा उनको आम्दानी चार हजारदेखि पाँच हजार चिनियाँ युआनसम्म बढेको छ। उनी भन्छन् "हामीले यहाँ मल हाल्ने काम गर्छौं, ओखर विरुवा सुचारु रुपमा हुर्कन प्रत्याभूति दिन्छौं। हाम्रो ओखर प्राकृतिक हो र कुनै पनि रसायन छैन। हामीले अर्गानिक मल हालेका छौं। व्यक्तिको आम्दानी चार हजारदेखि पाँच हजार चिनियाँ युआनसम्म छ। हाम्रो तलब राम्रो छ।"

हालसम्म छाङ फङ जिल्लामा अमेरिकी ओखर खेतीको क्षेत्रफल बाह्र हजार मू अर्थात् आठ सय हेक्टर पुगेको छ। छाङ फङ जिल्लाले पनि ओखर व्यवसायको विकासलाइ छाङ फङ जिल्लाको आधुनिक कृषिसम्बन्धी 310 नम्बर योजनामा राखेको छ। विशेष व्यवसायले गरिबी निवारणलाई मद्दत दिने आशा छाङ फिङ जिल्लाले लिएको छ।


1  2  3  
जानकारी तथा लेखहरु