फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पैचिङ दिवस" श्रृंखलाबद्ध आदान-प्रदान गतिबिधि रुसमा आयोजना

(GMT+08:00) 2018-08-20 16:14:58

"पैचिङ दिवस" श्रृंखलाबद्ध आदान-प्रदान गतिबिधिको उद्धाटन समारोह केही दिनअघि रुसको राजधानी मस्को शहरको केन्द्रमा अवस्थित टभेर्स्काया चोकमा भब्यताका साथ आयोजना गरियो। पैचिङ सरकार, मस्को सरकार, रुसका लागि चिनियाँ राजदुताबासका नेता र चीन तथा रुस दुवै देशका शुभेच्छुकहरू त्यस समारोहमा उपस्थित हुनुभएको छ। ती आदान-प्रदान गतिबिधिहरूमार्फत मस्को र सेन्ट पिटर्सवर्गका जनताले पैचिङ संस्कृतिको विशेषतायुक्त मनोरञ्जनबारे जानकारी लिनुका साथै लोक क्षेत्रबीचको मैत्रीपूर्ण परम्परालाई पनि गहन पार्न सकेका छन्। यसका अतिरिक्त चीन र रुस दुवै देशका सरकार तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरूले आर्थिक-व्यापारिक वार्ता, पर्यटन प्रचार-प्रसार र विषयक गोष्ठी आदि गतिबिधमार्फत आपसी सहकार्यलाई अझ गहिर्‍याएका छन्।

"पैचिङ दिवस" श्रृंखलाबद्ध आदान-प्रदान गतिबिधिहरूमध्येको एक अर्थात् 'पैचिङ नाइट' नामक सांगितिक समारोह जुलाई सत्ताईस तारिख राति मस्कोको संगीत हलमा आयोजना गरियो। चिनियाँ रेडियो जातीय वादन मण्डलका कलाकारहरूले रेशमी मार्गको संस्कृति मुख्य विषयक उच्च स्तरीय जातीय संगीत प्रस्तुत गरेका छन्। पैचिङ तथा मस्कोबीच सन् 1995मा भगिनी शहर सम्बन्ध स्थापित गरिएको थियो भने बीस वर्षयता दुई शहर बीच राजनीतिक, आर्थिक, व्यापारिक र सांस्कृतिक क्षेत्रमा रहेको आदान-प्रदान र सहकार्य तीव्र गतिले विकसित हुँदै आएको देखिन्छ। पैचिङ शहरका उप मेयर याङ पिनले गतिबिधिलाई सम्बोधन गर्दे यस वर्षको "पैचिङ दिवस" श्रृंखलाबद्ध आदान-प्रदान गतिबिधिबाट दुई भगिनी शहर बीचको सहयोगलाई नयाँ उचाईंमा पुर्‍याउन सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँ यसरी भन्नुहुन्छ:

1  2  3  
जानकारी तथा लेखहरु