फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाम्रो कलेजोको ख्याल-विचार गरौं

(GMT+08:00) 2018-08-27 09:21:30

गत सन् 2008को सेप्टेम्बर महिनादेखि कलेजो रोग लागेका व्यक्तिको स्वास्थ्यको संरक्षणका लागि चीनका केही संस्थाहरुले एउटा स्वास्थ्य योजना अर्थात् "जीवनभरि कलेजोको माया" भन्ने योजना लागु गर्न थालेका छन्। त्यस योजना लगातार बीस वर्षसम्म जारी हुने भएको छ। अहिलेसम्म त्यस योजना लागू भइरहेको दश वर्ष भइसकेको छ। त्यस योजनाबाट चीनका कलेजो रोग लागेका व्यक्तिहरुले रोग निवारण तथा उपचारसम्बन्धी पछिल्लो सूचना प्राप्त गर्नसक्ने अझ विशेष गरी केही विपन्न रोगीले नि:शुल्क रुपमा औषधोपचारको अवसर प्राप्त गर्नसक्ने छन्।

"जीवनभरि कलेजोको माया"भन्ने स्वास्थ्य योजना चीनको कलेजो सुनिने रोगको निवारण तथा उपचार कोष तथा अखिल चीन कलेजोको माया भन्ने नेटवर्कको संयुक्त तत्वावधानमा लागू भएको हो। त्यस योजनाअनुसार, बीस वर्षको अवधिमा कलेजो रोगसम्बन्धी ज्ञान प्राप्त गर्न र त्यस रोगको प्रतिरोध गर्ने विचारलाई सबल पार्न कलेजो रोग लागेका व्यक्ति तथा सर्वसाधारणलाई निर्देशन दिइने भएको छ। यसका साथै कलेजो सुनिने रोग लागेका व्यक्तिका लागि औषधोपचार तथा जीवन-यापनसम्बन्धी अझ खुकुलो तथा स्वस्थ वातावरणको सिर्जना गरिने भएको छ। चीनको इन्जिनियरीङ्ग प्रतिष्ठानअन्तर्गत चिकित्सा तथा स्वास्थ्य विभागका सदस्य एवम् कलेजो रोगसम्बन्धी एशिया-प्रशान्त क्षेत्रको वैज्ञानिक परिषद्का प्राध्यापक च्वाङ्ग व्हैले यसबारे जानकारी दिंदै भन्नुभयो:

वैज्ञानिक अनुसन्धानबाट के प्रष्ट छ भने कलेजो रोगीलाई व्यवस्थित औषधोपचार गरिएमा रोगको प्रभावकारी नियन्त्रण गर्न, रोग फैलन नदिन र कलेजो क्यान्सरको प्रतिरोध गर्नसकिनेछ। जसबाट रोगीहरुका लागि जीवनको स्तरलाई माथि उकास्न र आयुलाई लम्ब्याउन सकिनेछ। तर प्राप्त तथ्याङ्कअनुसार, हाम्रो देशमा करिब उन्नाईस प्रतिशतका कलेजो रोगीहरुले सम्बन्धित औषधोपचार गरेका छन् भने अठतीस प्रतिशतका रोगीहरु कलेजो रोगको उपचारसम्बन्धी नक्कली विज्ञापनमार्फत गलत सल्लाहा लिएका छन्।

औषधोपचारको खर्च निकै बढी भएको, कलेजो रोगसम्बन्धी पूर्ण ज्ञान प्राप्त नभएको अझ विशेष गरी समस्त चीनको चिकित्सा स्तर त्यति उच्च नरहेको कुरा चीनमा कलेजो रोगको निवारण तथा नियन्त्रण कार्यमा मौजुद मुख्य समस्याहरु हुन्। रोगको जाँचबुझ प्रबन्ध, सम्बन्धित औषधी र कलेजो रोगसम्बन्धी वरिष्ठ चिकित्सकहरुका संख्याको दृष्टिकोणबाट हेर्दा चीनले कलेजो रोगको निवारण र उपचार गर्ने स्तर विश्वको अग्रसर स्थानमा रहेको देखिन्छ। यस्तो अवस्थामा चीनमा रहेका अझ बढी कलेजो रोगीहरुलाई व्यवस्थित रुपमा औषधोपचार दिनुका साथै कलेजो रोगसम्बन्धी ज्ञानबारे अझ विस्तृत जानकारी दिनु नै "जीवनभरि कलेजोको माया"भन्ने स्वास्थ्य योजनाको मुख्य उद्देश्य रहेको छ। चीनको कलेजो सुनिने रोगको निवारण तथा उपचार कोषका जिम्मेवार व्यक्ति वाङ्ग चाउ यसरी भन्नुहुन्छ:

"जीवनभरि कलेजोको माया"भन्ने स्वास्थ्य योजनामार्फत कलेजो रोगसम्बन्धी समस्त समाजको ख्याल-विचारलाई मजबुत पार्ने, उपयुक्त र ठीक तरिकामार्फत औषधोपचार लिन रोगीहरुलाई प्रोत्साहिन गर्ने र कलेजो रोगको निवारण तथा उपचारसम्बन्धी विभिन्न कदमलाई व्यवहारमा उतार्ने भन्ने कुरा हाम्रो हृदयदेखिको कामना छ।

अखिल चीन कलेजोको माया भन्ने नेटवर्कका सि.इ.ओ.याङ्ग योङ्गका अनुसार, उक्त स्वास्थ्य योजनाको कार्यान्वयन गर्नुका साथै अखिल चीन कलेजोको माया भन्ने नेटवर्कले बि.बि.एस., ब्लोग र वेभसाइटमा डाक्टरसँग प्रत्यक्ष कुराकानी गर्ने आदि तरिकामार्फत कलेजो रोगीहरुका लागि एक किसिमको मानसिक घरबारको स्थापना गर्न खोजेको छ। उहाँ यसरी भन्नुहुन्छ:

"जीवनभरि कलेजोको माया"भन्ने स्वास्थ्य योजना हामीले लगातार बीस वर्षसम्म लागू गर्ने भएका छौं। कलेजो रोगको प्रकार तथा विभिन्न परिवारका वास्तविक अवस्थाबमोजिम हामीले सम्बन्धित मापदण्डअनुसार हरेक महिनामा पाँच सयजना रोगीको छनौट गरी उनीहरुलाई प्रतिव्यक्ति एक सयदेखि तीन सय चिनियाँ युआनसम्मको विशेष भत्ता दिनेछौं।

जानकारी तथा लेखहरु