फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छ्वाङ्ग राजा ली च छङ्को नेतृत्वमा विद्रोह

(GMT+08:00) 2018-08-29 11:42:02

छुङ्ग चेन सम्राटले शपथगहण गरेपछि दोस्रो वर्षमा पल्लो शान सी प्रान्तमा भयंकर अनिकालको प्रकोप देखापर्यो। खाद्यन्न अभावका कारणले सर्वसाधारणले घाँसको जरा र रुखको छाला पनि खान छोडेनन्। तर त्यस्तो अवस्थामा स्थानीय सरकारले सर्वसाधारणलाई कर तिर्न लगायो। त्यसैले पल्लो शान सी प्रान्तका विभिन्न क्षेत्रमा किसान विद्रोह देखियो।

मिङ्ग राजवंशले एउटा फौज पठायो। तर बाटोमा फोजका सैनिकहरुले सरकारबाट तलब पाएनन्। एकजना सैनिकको नेतृत्वमा उक्त फौजले नेतृत्व जनरल र स्थानीय अधिकारीको हत्या गरेर अर्को विद्रोह गर्न थाल्यो। ती सैनिक ली च छङ्ग थिए। विद्रोह गरेपछि ली च छङ्गले दर्शनौं सेनाको नेतृत्व गरेर वाङ्ग चो किसान विद्रोही समूहमा भाग लिए।

तर केही समयपछि वाङ्ग चोले सरकारसामु आत्मसमर्पण गरे। बाध्यतावश ली च छङ्गले अर्को विद्रोही सेनामा भाग लिए। उक्त विद्रोही सेनाका नेता काउ यिङ्ग स्याङ्ग थिए। काउले आफूलाई "छ्वाङ्ग राजा"को रूपमा नियुक्त गरे। त्यसैले उनले ली च छङ्गलाई "छ्वाङ्ग जनरल"को नियुक्ति दिए।

सो अवसरमा चीनमा लगभग १३ विद्रोही सेना थिए। काउ यिङ्ग स्याङ्गको अध्यक्षतामा ती १६ विद्रोही सेनाका नेतागणले बैठक गरेर ६ पक्षबाट सरकारसँग संघर्ष गरेका थिए। सन् १६३३ काउ यिङ्ग स्याङ्ग र ली च छङ्ले विद्रोह सेनाको नेतृत्व गरेर ह्वाङ्ग ह नदीको प्राकृतिक प्रतिरक्षा पार गरेर मीङ्ग राजवंशको मुख्य क्षेत्र-ह नानमाथि आक्रमण गरे। त्यसपछि यनीहरुको सेनाले राज्य परिवारको जन्मथलोमाथि आक्रमण गरेर राज्य चिहानमा आगो लगायो। उक्त सूचना पाएर सम्राट छुङ्ग चेनलाई निकै अच्चम लागेर आत्म-आलोचना आदेश सार्वजनिक गर्नुका साथै भग्वानबाट माफ मागे। अनि सम्राटले सरकारी सेनालाई पठाएर विद्रोह सेनाको कडा आक्रमण गरे। युद्धमा काउ यिङ्ग स्याङ्गको मृत्यु भयो। ली च छङ्ले "छ्वाङ्ग राजा"को नियुक्त भए।

सन् १६४१ ली च छङ्ले ह नान प्रान्तको सदरमुकाममा तैनाथ फू राजाको हत्या गरे। यद्यपि सरकारी सेनाको प्रयासमा विद्रोही सेनामाथि प्रहार गरियो तापनि विद्रोही सेनाको शक्ति क्रमशः बढेको थियो। त्यसपछि सन् १६४४ मा ली च छङ्ले सी आन शहरमा शासन स्थापना गरे। इतिहासमा उक्त शासन "ता शुन" मानिन्थ्यो। शासनको स्थापनापछि ली च छङ्ले दश लाख विद्रोही सैनिकको नेतृत्व गरेर ह्वाङ्ग ह नदी पार गरेर दुई फौज विभाजित गरी राजधानी पैचिङमाथि आक्रमण गर्नथाले। सो वर्ष मार्च महिनामा दुइ फौज पैचिङ शहर बाहिर भेला भए। पैचिङबाहिर तैनाथ मिङ्ग राजवंशको सेनाले आत्मसमर्पण गर्‍यो। मार्च १७ तारिखदेखि विद्रोही सेनाले पैचिङ शहरमाथि आक्रमण गर्न थाले। दुइ दिनपछि मिङ्ग राजवंशका अधिकारीले शहरी ढोका खोलेर आत्मसमर्पण गरे।

छुङ्ग चन सम्राटले उक्त सूचना पाएर आफ्ना तीनजना छोरासँग भाग्न अनुरोध गर्नुका साथै आफ्नी रानीहरुको हत्या गरे। त्यसपछि उनले समान्य मान्छेको लुगा लगाएर भाग्न खोज्दा असफल भएर दरवारमै फर्किए। उनले दरवारमा एउटा रुखमा आत्महत्या गरे। २ सय ७७ वर्षसम्म चीनको शासन गर्ने मिङ्ग राजवंश यसरी समाप्त भयो।

जानकारी तथा लेखहरु