फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च गुणस्तरको"एक पेटी एक मार्ग"निर्माणका लागि चीनको प्रयास निरन्तर

(GMT+08:00) 2018-08-30 08:49:59

यस वर्ष चीनले"एक पेटी एक मार्ग"भन्ने निर्णय प्रस्ताव प्रस्तुत गरेको पाँचौं वार्षिकोत्सव हो। चिनियाँ सरकारी पदाधिकारीले यस अगष्ट 27 तारिख पैचिङ्गमा पाँच वर्षयता"एक पेटी एक मार्ग"विचारधाराबाट वास्तविक गतिविधिसम्म व्यवहारमा उतारिएको छ भने महत्वपूर्ण प्रगति हासिल गरेको देखिन्छ भनी व्यक्त गर्नुभएको छ। नयाँ परिस्थितिमा चीन सरकारले संयुक्त छलफल,संयुक्त निर्माण र संयुक्त उपभोग भन्ने सिद्धान्तमा द्दढ हुँदै उच्च गुणस्तर तथा उच्च मापदण्डको "एक पेटी एक मार्ग"निर्माणलाई प्रवर्द्धन गर्दै जाने छ।

"एक पेटी एक मार्ग"भन्ने निर्णय प्रस्ताव प्रस्तुत भएको पाँच वर्षयता सारा विश्वको सक्रिय प्रतिक्रिया पाएको देखिन्छ। हाल"एक पेटी एक मार्ग"भन्ने निर्णय प्रस्ताव र संयुक्त छलफल संयुक्त निर्माण संयुक्त उपभोग भन्ने अवधारणा संयुक्त राष्ट्र संघ आदि महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाको उपलब्धि दस्तावेजमा राखिएको छ। 103मुलुक तथा अन्तर्राष्ट्रिय संगठनले चीनसँग "एक पेटी एक मार्ग"सम्बन्धी 118सहयोगात्मक सम्झौता हस्ताक्षर गरेका छन।

सम्बन्धी तथ्याङ्कअनुसार सन्2018 जुन महिनासम्म चीन र "एक पेटी एक मार्ग"सम्बन्धी तटवर्ती मुलुकबीचको मालसामान व्यापार रकम दश खर्ब अमेरिकी डलर पुगेको छ। प्रत्यक्ष विदेशी लगानी सत्तरी अर्ब अमेरिकी डलर रहेको छ। सम्बन्धी तटवर्ती मुलुकमा निर्माण गरेको वैदेशिक आर्थिक तथा व्यापारिक सहयोग क्षेत्रको कूल लगानी बीस अर्बभन्दा बढी अमेरिकी डलर छ भने एक लाख रोजगार सिर्जना गरेको छ।

वर्तमान विश्वको अर्थतन्त्रको विकासका सामु धेरैजसो अनिश्चित तथा अस्थिर कारकतत्व देखिन्छ। अन्तर्राष्ट्रिय वातावरण जटिल परिवर्तित भैरहेको छ। यस पृष्ठभूमिमा "एक पेटी एक मार्ग"को संयुक्त निर्माणका सामु अनेकन जोखिम देखापरेको छ। केही मुलुकले"एक पेटी एक मार्ग"को निर्माणमा निरन्तर केही शंका पुर्‍याउछ। उदाहरणका लागि"एक पेटी एक मार्ग"सम्बन्धी सहयोगात्मक परियोजनासँग संचिति ऋण जोखिम रहेको छ। यसप्रति चिनियाँ उप वाणिज्य मन्त्री स्यान क मिङ्गले व्याख्या गर्दै हाल चीनले"एक पेटी एक मार्ग"निर्माणमा लगानी लगाएको क्षेत्रमा अधिकाँश नै पूर्वाधार प्रबन्ध हो भन्ने कुरा व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो:पूर्वाधार प्रबन्धको लगानीमा लाभ तथा फाइदा फर्काउनका लागि लामो समय चाहिन्छ। चीनले सधैं विदेशी मुलुकको अर्थतन्त्रको बृद्धिलाई प्रवर्द्धन गर्ने साथमा विदेशी मुलुकमाथि बोझ नपुर्‍याउनुलाई जोड दिँदै आएको छ। त्यसैले चीनले रोजगार सिर्जना गर्ने,निर्यात बढाउने पूर्वाधार प्रबन्धको लगानीको छनौट लागेको छ।

भावी चीनले निरन्तर रुपमा संयुक्त छलफल,संयुक्त निर्माण र संयुक्त उपभोग भन्ने सिद्धान्तले अन्तर्राष्ट्रिय बजारमूलक आर्थिक नियमबमोजिम सहयोग तथा साझा फाइदा भन्ने लक्ष्य लिइ उच्च गुणस्तर तथा मापदण्डको "एक पेटी एक मार्ग"भन्ने निर्माणलाई प्रवर्द्धन गर्दै जाने छ।

जानकारी तथा लेखहरु