फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासा अवस्थित नेपाली महावाणिज्य दूतावासको पुनःसम्भार परियोजनाको उद्घाटन समारोह आयोजित

(GMT+08:00) 2018-09-10 13:17:30

ल्हासा अवस्थित नेपाली महावाणिज्य दूतावासको पुनःसम्भार परियोजना, खासा - तातोपानी मितेरी पुल र केरुङ रसुवा पुलको पुनःनिर्माण परियोजनाको उद्घाटन समारोह सेप्टेम्बर नौ तारिख तिब्बत स्वायत्त प्रदेशको ल्हासा शहरमा आयोजना भएको छ।

ल्हासा अवस्थित नेपाली महावाणिज्य दूतावास तिब्बत स्वायत्त प्रदेशको एक मात्रै विदेशी संस्था हो। सन् २०११ मा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त प्रदेश समितिका सचिव ऊ यिङ चेले नेपालको भ्रमण गर्नुभएको बेलामा नेपालको परराष्ट्र मन्त्रालयसँग तिब्बतले ल्हासाका लागि नेपाली महावाणिज्य दूतावासको पुनःसम्भार गर्न सहयोग गर्ने विषयबारे सहमति गर्नुभएको थियो। नौ तारिख पुनःसम्भार परियोजनाको उद्घाटन समारोहमा नेपालको प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले ल्हासामा स्थापित नेपाली महावाणिज्य दूतावास विदेशका लागि नेपालका सबैभन्दा दीर्घकालीन दूतावासहरुमध्येको एक भएको हो भन्दै तिब्बत स्वायत्त प्रदेशमा स्थापना भएको एक मात्रै विदेशी दूतावासको रुपमा गौरव लागेको बताउनुभयो। साथै चीनको तिब्बत स्वायत्त प्रदेश सरकार र ल्हासा सरकारले महावाणिज्य दूतावासको संचालन र पुनःसम्भारका लागि देखाएको समर्थनप्रति उहाँले कृतज्ञाता ज्ञापन व्यक्त गर्नुभयो।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु