फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस पूर्वीतिर अगाडि हिँड्दै

(GMT+08:00) 2018-09-13 09:02:31

रुसको यस रणनीति एशिया प्रशान्त क्षेत्रको अर्थतन्त्र तिब्र गतिले विकसित भैरहेको अवस्थामा आधारित छ। सारा विश्वमा अर्थतन्त्र सबैभन्दा सक्रिय तथा तिब्र भएको क्षेत्रहरुमध्ये एकको रुपमा एशिया प्रशान्त आर्थिक क्षेत्र नै रुसका लागि विशाल उपभोग्य बजार र संचिति लगानी स्रोत स्थल बनेको छ।

रुसको"पूर्वतिर अगाडी हिँड्नु"भन्ने रणनीति पश्चिमी क्षेत्रले रुसलाई नाकाबन्दी गरेको नतिजा होइन। तापनि पश्चिमी क्षेत्रसँगको घट्दो सम्बन्धले केही परिमाणमा रुसद्वारा पूर्वतिर विकास गरिएको पाइलालाई बढाएको छ। हाल युरोप निरन्तर रुपमा रुसको महत्वपूर्ण व्यापारिक साझेदारी हो। त्यसैले "पूर्वतिर अगाडि हिँड्नु"सँग रुसले पश्चिमी क्षेत्रलाई त्याग गर्ने भन्ने भावार्थ रहेको छैन। वर्तमान रुसले पूर्व र पश्चिम गरी दुई दिशालाई जोड दिँदै गएको छ। तर विकास प्रवृत्तिबाट हेर्दा पूर्वतिरबाट हेर्दा अझ सुन्दर तथा उज्यालो भविष्य देखिन्छ।


1  2  3  
जानकारी तथा लेखहरु