फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बेल्ट एण्ड रोड" प्रस्तावलाई व्यवहारमा उतार्ने क्रममा चिनियाँ उद्योग-व्यवसायीद्वारा प्रशस्त उपलब्धि हासिल

(GMT+08:00) 2018-09-14 10:58:15

"बेल्ट एण्ड रोड" प्रस्तावले चिनियाँ उद्योग-व्यवसायीहरूलाई "विदेश जान"का लागि विकासको मूल्यवान मौका उपलब्ध गराएको छ। साथै "बेल्ट एण्ड रोड" प्रस्तावलाई व्यवहारमा उतार्ने क्रममा चिनियाँ उद्योग-व्यवसायीहरूको ठूलो जिम्मेवारी रहेको छ। "बेल्ट एण्ड रोड"को निर्माणसम्बन्धी चिनियाँ मुख्य सञ्चार-माध्यमको भ्रमण टोलीले हाल सर्बिया, बेलारूस र कजाकिस्तानको भ्रमण गरेको थियो। भ्रमण टोलीका पत्रकारहरूले भ्रमणको दौरानमा वैदेशिक निर्माणको शुरुवातमा चिनियाँ उद्योग-व्यवसायीहरूको सामु धेरै कठिनाइ देखापरेको, तर ती चिनियाँ उद्योग-व्यवसायीहरूले निरन्तर रुपमा अन्वेषण गरी "साझा परामर्श, साझा निर्माण र साझा लाभ"को सिद्धान्त पालना गरेका छन्। "पारस्परिक हित र साझा विजय"को आधारमा चिनियाँ उद्योग-व्यवसायीहरूका लागि "बेल्ट एण्ड रोड"प्रस्तावलाई अगाडि बढाउने महत्वपूर्ण शक्ति बनेका छन्।

चीन-बेलारुस उद्योग पार्क चीन र बेलारुस यी दुबै मुलुकले रेशमी मार्ग आर्थिक पेटीको निर्माणलाई अगाडि बढाउने सबैभन्दा ठूलो सहयोगात्मक परियोजना हो र हालसम्म चीनले विदेशमा लगानी गरेको सबैभन्दा ठूलो क्षेत्रफलको, सर्वोच्च स्तरको सहयोगको र सबैभन्दा सहुलियत नीतिको उद्योग पार्क हो।

1  2  3  
जानकारी तथा लेखहरु