फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बेल्ट एण्ड रोड" प्रस्तावलाई व्यवहारमा उतार्ने क्रममा चिनियाँ उद्योग-व्यवसायीद्वारा प्रशस्त उपलब्धि हासिल

(GMT+08:00) 2018-09-14 10:58:15

चीन व्यापार समूह बोर्डका सदस्य एवम् चीन-बेलारुस उद्योग पार्कको विकास कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हु चङ भन्नुहुन्छ  "तपाईंहरूले सडकको छेउमा राखिएको चिन्ह हेर्नुहोस्, यसरी लेखिएको छ, "समय पैसा हो, कार्यक्षमता जीवन हो।" सन् २०१५ अक्टोबरमा हामीले यो चिन्ह यहाँ राखेका थियौं। चीन-बेलारुस उद्योग पार्क साढे दुई वर्षभन्दा कम समयमा निर्माण भएको छ। समय र कार्यक्षमता उद्योग-पार्कको निर्माणमा देखिएको छ।"

हाल चीन-बेलारुस उद्योग पार्कमध्येको ३.५ वर्ग किलोमिटरको पहिलो चरणको परियोजनाको आधारभूत प्रबन्ध पूर्ण रुपमा सम्पन्न भइसकेको छ। हालसम्म जम्मा ३७ वटा उद्योग-व्यवसायले यो उद्योग पार्कमा प्रवेश गरेका छन्। तीमध्ये १६ वटा विदेशी उद्योग-व्यवसायी हुन्। चीन-बेलारुस उद्योग पार्कको निर्माण लक्ष्यबारे चर्चा गर्दा हु चङ भन्नुहुन्छ "अन्तर्राष्ट्रियस्तरको र पर्यावरणीय व्यवसाय पार्क निर्माण गर्ने हाम्रो लक्ष्य छ। चीन-बेलारुस उद्योग पार्क चिनियाँ उद्योग पार्क मात्र नभई विश्वतर्फ उन्मुख हुने अन्तर्राष्ट्रिय उद्योग पार्क हो।"

1  2  3  
जानकारी तथा लेखहरु