फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बेल्ट एण्ड रोड" प्रस्तावलाई व्यवहारमा उतार्ने क्रममा चिनियाँ उद्योग-व्यवसायीद्वारा प्रशस्त उपलब्धि हासिल

(GMT+08:00) 2018-09-14 10:58:15

कम्पनीको व्यवस्थापनबारे चर्चा ग‍र्दै चीन-बेलारुस उद्योग पार्कको विकास कम्पनी लिमिटेडका महाप्रबन्धक ली हाई सिन भन्नुहुन्छ "हाल कम्पनीमा एक सयभन्दा बढी चिनियाँ कर्मचारी छन्। चिनियाँ कर्मचारीहरूको संख्या स्थानीय कर्मचारीहरूको संख्याभन्दा १५ प्रतिशत कम छ। यसका साथै यो अनुपात क्रमशः साँगुरो हुने छ। उद्योग पार्कको विकास र संचालन क्षेत्रमा बेलारुसभन्दा चीनको अनुभव धेरै छ, त्यसैले प्रायजसो चिनियाँ कर्मचारी व्यवस्थापक हुन्।"

"बेल्ट एण्ड रोड" प्रस्ताव प्रस्तुत भएको पाँच वर्षयता प्रशस्त उपलब्धि हासिल भएको छ। अन्वेषणको प्रयास गरिरहेका चिनियाँ उद्योग-व्यवसायीहरूले चीनको छविको प्रतिनिधित्व गरेका छन्, "बेल्ट एण्ड रोड" प्रस्तावलाई व्यवहारमा उतार्न प्रयास गरिरहेका छन्। "बेल्ट एण्ड रोड" प्रस्ताव चीनको दीर्घकालीन बाह्य खुलापन र बाह्य सहयोगको समष्टिगत परियोजना हो। बाटो लामो छ, चिनियाँ उद्योग-व्यवसायीहरू अगाडि हिँडने छन्।


1  2  3  
जानकारी तथा लेखहरु