फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङबाचिङ

(GMT+08:00) 2018-09-18 10:58:00

याङबाचिङ ल्हासा र नाम्छोबीचमा पर्छ। न्येनचेन थाङ्गल्हा पहाडी श्रृंखलाको दक्षिणी भेगमा पर्ने साँघुरो तथा लामो पेटी रुपको उपत्यका हो। ल्हासादेखि नब्बे किलोमिटरमा पर्ने याङबाचिङका दक्षिण तथा उत्तर दुई पट्टिमा पाँच हजार पाँच सय मिटरभन्दा अग्ला विशाल पहाड रहेका छन्। ती पहाडको शिखरमा हिमले ढाकिरहेको हुन्छ तर तल घाँसे मैदानमा हरियाली देखिन्छ। त्यहाँको पहाड शानदार छ अनि पानी पनि स्वच्छ छ। पहिला याङबाचिङ सामान्य पठार पशुपालन क्षेत्र मात्रै थियो। त्यहाँको तातो पानी निकै प्रख्यात भएकाले सन् 1974 मा चीन सरकारले बीस करोड चिनियाँ युआनभन्दा बढी लगानी गरी चीनको सबभन्दा ठूलो तातो पानी परीक्षण क्षेत्र बनाउन थालेको थियो। सन् 1975 मा तिब्बती भूवैज्ञानिक सर्वेषण दलले याङबाचिङमा चीनको पहिलो जियोथर्मल वेट स्टिम इनार खनेको थियो। त्यसपछि याङबाचिङ विश्वमा मध्य तापक्रम गहिरो जियोथर्मल रजर्भोयरबाट औद्योगिक विद्युत उत्पान गर्ने एक मात्रै ठाउँ बनेको छ जसले विश्वको ध्यान तानेको छ।

1  2  3  
जानकारी तथा लेखहरु