फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाइ, फूतुङ्ग क्षेत्रमा विविध कदममार्फत् उत्कृष्ट व्यक्तिको आगमन

(GMT+08:00) 2018-09-18 15:41:36

गत शताब्दीको ९०औं दशकको सुरुमा शाङ्गहाइ शहरीय फूतुङ्ग क्षेत्रमा निःशूल्क क्षेत्र स्थापना भयो। सन् १९९२ फू तुङ्ग नयाँ क्षेत्रको स्थापना पारित भएको थियो। सन् २०१३ मा चीनमा पहिलो स्वतन्त्र व्यापार क्षेत्र त्यहाँ स्थापना भयो। चिनियाँ तथा अन्तर्राष्ट्रिय उत्कृष्ट व्यक्ति आकर्षित गर्नका लागि स्थानीय सरकारले अनेकन कदम तर्जुमा गरेको छ।

तथ्यांकका अनुसार, सन् २०१७ शाङ्गहाइ शहरीय मानव श्रोत तथा सामाजिक प्रत्याभूति व्यूरोद्वारा प्रत्यक्ष रुपमा भित्र्याइएका विदेशी उत्कृष्ट व्यक्तिको संख्या १ लाख १० हजार पुगेको छ। गत मार्च महिनासम्म शाङ्गहाइ शहरले एक सय जना उच्चस्तरीय विदेशी उत्कृष्ट व्यक्तिलाई "विदेशी उच्चस्तरीय उत्कृष्ट व्यक्ति प्रमाणपत्र" प्रदान गरेको छ र यो संख्या चीनमा सबैभन्दा बढी हो। निरन्तर छ वर्षमा शाङ्गहाइ विदेशीका आँखामा सबैभन्दा आकर्षक चिनियाँ शहर मानिन्छ।

जानकारी तथा लेखहरु