फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चेङ्ग छेङ्ग कुङ्गबाट थाइवानको पुनःप्राप्ति

(GMT+08:00) 2018-09-19 10:53:26

गत साताको कार्यक्रममा सन् १६४४ मा किसान विद्रोहका कारणले मिङ्ग राजवंशका अन्तिम सम्राट छुङ्ग चेनले दरवार क्षेत्रमा एउटा रुखमा झुण्डिएर आत्महत्या गरेर २ सय ७७ वर्षसम्म चीनको शासन गर्ने मिङ्ग राजवंश समाप्त भएको जानकारी दिएकी थिएँ। सोही वर्ष अक्टबर महिनामा छिङ्ग राज्यको सेनाले पैचिङमा प्रवेश गरेर छिङ्ग राजवंशको शासन सुरु भयो।

छुङ्ग चेन सम्राटको आत्महत्या सूचना उप-राजधानी नान चिङमा फैलियो। स्थानीय अधिकारीले एकजना हास्यास्पद राजालाई सम्राटको पदमा नियुक्त गरेर नान मिङ्ग अर्थात् दक्षिणी मिङ्ग शासन स्थापना गरे। तर लगभग एक वर्षपछि मात्र छिङ्ग राजवंशको सेनाको आक्रमणमा उक्त दक्षिणी मिङ्ग शासन हटाइयो। त्यसपछि भागेका केही अधिकारीहरुले चीनको दक्षिण-पूर्वी समुद्रतटवर्ती फु चौ र नान चिङनजिकै शाउ सिङ क्षेत्रमा छुट्टा-छुट्टै दक्षिणी मिङ्ग शासन स्थापना गरे। त्यसमध्ये फु चौ क्षेत्रमा स्थापित शासनमा सैन्य शक्तिको नियन्त्रण गर्ने पदाधिकारी चेङ्ग च लुङ्ग थिए। उनले छिङ्ग राजवंशसमक्ष आत्मसमर्पण गरेर उक्त शासन पनि समाप्त भयो। तर उनका छोरा चेङ्ग छेङ्ग कुङ्ग एकजना इमानदार मान्छे थिए। उनले आफ्ना बुवाको निर्णयको विरोध गरेर निरन्तर रुपमा छिङ्ग राजवंशसँग संघर्ष गरे। तर छिङ्ग राजवंशले दक्षिण-पूर्वी समुद्रतटवर्ती क्षेत्रमा विपक्षी शक्तिमाथि नाकाबन्दी लगायो। चेङ्ग छेङ्ग कुङ्गले हल्याण्डको कब्जामा रहेको थाइवान टापुलाई पुनःप्राप्त गर्ने योजना बनाए।

1  2  3  
जानकारी तथा लेखहरु