फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ मार्सल आर्टस् सम्बन्धी तालिम आजदेखि नेपालको रोजबड स्कूलमा शुरू

(GMT+08:00) 2018-09-20 17:35:50

मार्सल आर्टस्, उसु र कुङफूको अर्थ र आफ्नो प्रयासबारे जानकारी दिँदै चिनियाँ गुरू वाङ च्युनफाले विद्यार्थीहरूसँग भन्नुभयोः धेरैजसो देशमा चिनियाँ मार्सल आर्टस् सिकाएको छु र एसियन गेम्स लगायत खेलकुद पनि गराएको छु। मैले नेपाली उसु टिम निकै राम्रो रहेको देखेको छु।

चीनको चि निङ अन्तर्राष्ट्रिय ट्रनिङ केन्द्र अफ मार्सल आर्टसका गुरूहरूले यो स्कूलका विद्यार्थीहरूलाई २ दिनसम्म चिनियाँ कुङ्फू सिकाउने कार्यक्रम छ।

नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका प्रमुख वन खुन सुङले उद्घाटन समारोहमा भन्नुभयोः तिमीहरूले चिनियाँ कुङ्फु सिक्ने अवसर पाएकोमा खुशी लागेको छ।

सिआरआई नेपाली सेवाका लागि वर्षा,

काठमाडौं।


1  2  
जानकारी तथा लेखहरु