फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ राजवंशकालमा तीन स्वाशासन क्षेत्रको खारिजी

(GMT+08:00) 2018-10-24 09:13:35

छिङ राजवंशले चीनको शासन अधिकार पाएपछि ली च छङ्को नेतृत्वमा किसान विद्रोह र दक्षिणी मिङ सरकारको विरोध गर्नका लागि युन नान, क्वाङ तुङ र फु च्यान क्षेत्रमा छुट्टा-छुट्टै रुपमा तीन राजाको पदको नियुक्त गरे। त्यसमध्ये युन नान क्षेत्रका राजा पहिलेको कार्यक्रममा जानकारी दिएको मिङ राजवंशको जनरल उ सान क्वि थिए। त्यसबाहेक क्वाङ तुङ क्षेत्रका राजा शाङ ख सी हुनुका साथै फु च्यान क्षेत्रका राजा कङ चिङ चुङ थिए। ती तीन जना राजाले आफ्नो स्वशासन क्षेत्रमा स्थानीय अधिकारको नियन्त्रण गर्नुका साथै स्थानीय सेना र साथै करलाई पनि आफ्नो हातमा राखे। ती तीनजनाले दक्षिणी मिङ शासन र विद्रोही समूहले राज्यविरूद्ध गरेको संघर्षमा छिङ राजवंशलाई धेरै सहयोग गरेको थियो।

तर स्वशासन क्षेत्रमा ती तीन जना राजाको शक्ति धेरै बढेका हुनाले छिङ राजवंशको शासनमा क्रमशः गम्भीर धम्की बन्नथाल्यो। सन् १६७३ को वसन्त ऋतुमा छिङ राजवंशका युवा सम्राट खाङ सीले तीन स्वशासन क्षेत्र खारेज गर्ने निर्णय गरे। सोहि वर्षको नभेम्बर महिनामा उ सान क्विले यु नान क्षेत्रमा तैनाथ सरकारी पदाधिकारीको हत्या गर्नुका साथै "मिङ राजवंशको पुनःउत्थान र छिङ सरकारमाथि आक्रमण गर्ने" झण्डा उठाएर युद्ध सुरु गरे। उ सान क्वीको नेतृत्वमा विद्रोही सेनाले युन नान र क्वि चौ क्षेत्रबाट हु नान क्षेत्रमाथि सफलताका साथ आक्रमण गर्‍यो। र स छ्वान क्षेत्रमा धेरै अधिकारीहरुले आत्मसमर्पण गरे। साथै फु च्यान, क्वाङ तुङ क्वाङ सी लगायत अरु दुईजना राजाको शासन क्षेत्र र थाइवान तापूले उ सान क्वीलाई समर्थन दिएका थिए।

उ सान क्वीले अकस्मात विद्रोह गरेकाले सुरुमा छिङ सरकारी सेनाको प्रतिरक्षा गतिविधि त्यति राम्रो थिएन। तर उ सान क्वीको साहस र रणनैतिक दृष्टिको अभावका कारण उनले याङ सी नदीद्वारा देशको विभाजन गरी नदीबाट दक्षिणी भागको कब्जा गर्ने योजना मात्र बनाए। त्यसरी सरकारी सेनालाई फेरि प्रतिरक्षा गर्ने समय र मौका दिइयो। युवा सम्राट खाङ सीले रणनीति र सेनाको व्यवस्थामा सुधार गरेर सर्वप्रथम उ सान क्वीको सेनामाथि आक्रमण गरे र साथै अरु विद्रोहीसँग सरसल्लाह पनि गरे। याङ सी नदीको दक्षिणतिरको अधिकाँश भूभाग पुनः सरकारले आफ्नो कब्जामा लियो। सरकारी सेनाको सफलताका कारण अरु दुई जना राजाले सरकारसमक्ष आत्मसमर्पण गरे।

सन् १६७८ मा ७४ वर्षीय उ सान क्वीले हङ चौ क्षेत्रमा आफूलाई सम्राट घोषणा गरे। तर त्यसपछि उनी विरामी पर्‍यो र छोटो समयमै उ सान क्वीको मृत्यु भयो। त्यसअघि तथाकथित सम्राटको पद आफ्नो नातीलाई प्रदान गरेका थिए।

सन् १६८१ मा सरकारी सेनाले युन नान क्षेत्रको सदरमुकाम खुन मिङमा आक्रमण गर्‍यो। त्यसै बेला उ सान क्वीको नातीले आत्म-हत्या गर्‍यो। योसँगै आठ वर्षसम्म चलेको विद्रोहको युद्ध सकियो।

उक्त विद्रोहले छिङ राजवंशको अर्थतन्त्र तथा समाजमा गम्भीर क्षति पुर्याएको थियो। तर यस विद्रोहको युद्धपछि नै छिङ राजवंशले देशको वास्तविक रूपमा एकीकरण गरेको थियो। छिङ राजवंश क्रमशः सबैभन्दा बलियो तथा समृद्ध कालमा प्रवेश गर्‍यो। साथै युद्धपछि सरकारले प्रशस्त मात्रामा हान जातीय सर्वसाधारणलाई दक्षिण-पश्चिमी क्षेत्रको विकासमा सहभागी गराउन बसाइ सारेको थियो।

जानकारी तथा लेखहरु