फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सछ्वान-नेपाल चियाघोडा प्राचीन मार्ग, चिया संस्कृति सप्ताह काठमाडौंमा

(GMT+08:00) 2018-10-29 20:19:32

सछ्वान-नेपाल चिया घोडा प्राचीन मार्ग अन्तर्गत चिया संस्कृति आदानप्रदान सप्ताह काठमाडौंमा शुरू भएको छ। सछ्वानको यिपिन चिया उद्योग प्रचार प्रसार सम्मेलनमा यिपिन् शहरबाट आएका केही चिया व्यवसायीहरूले नेपालमा सम्बन्धित चियाँ कम्पनीहरूसँग हातेमालो गरेका छन्।

प्रचार प्रसार समारोहलाई सम्बोधन गर्दै सछ्वान प्रान्तको यिपिन शहर सरकारका उपमेयर चाङ फिङले भन्नुभयोः 'यिपिन सहर नेपालका विभिन्न क्षेत्रसँग सहयोगलाई सबल पार्ने प्रतीक्षामा रहेको छ। चिनियाँ यिपिन सहरमा स्वागत पनि गर्न चाहन्छु'

यो सप्ताह कार्यक्रमको सहयोग आयोजक नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले यस पटकको कार्यकमबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयोः 'चिया विकासका लागि अनेकन सहमति सम्झौता हुने योजना छ। विश्वसम्पदा सूचीमा रहेका स्थलमा चियाँ प्रदर्शनी, चिया संस्कृति प्रवर्द्धन लगायतका गतिविधिहरू छन्।'

नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले समारोहलाई सम्बोधन गर्दै भन्नुभयोः 'चिनियाँहरूले विश्वमा चिया संस्कृतिमा विकास गरेका छन्। चीनमा चियाको इतिहास छ। चीनमै प्रयोग भएको हो र अहिले विश्वमा फैलिएको हो।'

कार्यक्रमको अन्त्यमा नेपाल चिया तथा कफी विकास बोर्ड र नेपालको हाइमाउन्टेन टी कम्पनीले छुट्टा छुट्टै रूपमा यिपिनको कृषि ब्युरो र सछ्वान टी ग्रुपसँग छुट्टाछुट्टै रूपमा एमओयूमा हस्ताक्षर पनि गरेका थिए।

1  2  3  4  
जानकारी तथा लेखहरु