फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानद्वारा चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिने

(GMT+08:00) 2018-11-01 11:05:02

यस नोभेम्बर पाँच तारिख चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो शाङ्गहाइमा आयोजना हुन लागेको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नेतृत्वमा रहेको सरकारी उच्च स्तरीय प्रतिनिधि मण्डलले यस एक्स्पोको उद्घाटन समारोहमा भाग लिँदै मन्तव्य दिनुहुने कार्यक्रम छ। पाकिस्तानका लागि चिनियाँ राजदूताबासको वाणिज्य काउन्सिलर वाङ्ग चिव्हाले हालै हाम्रो रेडियोका पत्रकारलाई अन्तर्वार्ता दिँदै पाकिस्तानले यस एक्स्पोलाई निकै जोड दिँदै पाकिस्तानका श्रेष्ठ उत्पादन बस्तु लिएर यस एक्स्पोमा भाग लिने बताउनुभएको छ। उहाँका अनुसार पाकिस्तानी व्यवसायले यस एक्स्पोमा सकारात्मक उपलब्धि पाउनुलाई प्रत्याभूति गर्नका लागि चिनियाँ राजदूताबासको वाणिज्य विभागले यस एक्स्पोको संयोजन समिति,पाकिस्तानको वाणिज्य मन्त्रालय र पाकिस्तानी व्यापार विकास विभागसँग घनिष्ट सम्पर्क राख्दै आएको छ। हाल पाकिस्तानले यस एक्स्पोमा भाग लिने सम्बन्धी सबै तयारी काम आधारभूत रुपमा पूरा गरिसकेको छ।

यसप्रति वाणिज्य काउन्सिलरले भन्नुभयो:पाकिस्तानका केही दशकदेखि व्यवसायहरुले यस आयात एक्स्पोमा भाग लिने छन्। साथै पाकिस्तानले"नयाँ विकसित पाकिस्तान"भन्ने मुख्य विषय लिएको राष्ट्रिय प्रदर्शनीको आयोजना गर्ने छ। यो प्रदर्शनी चीनद्वारा मुख्य अतिथि मुलुकका लागि बन्दोबस्त गरिने विशेष कार्यक्रम हो। आयोजना हुने लागेको"पाकिस्तानको व्यापार तथा लगानी"शीर्षकको वाणिज्य मञ्चबाट हाल केही वर्षयता पाकिस्तानका विभिन्न पक्षमा पाइएको विकास उपलब्धि देखाउने छ।

पाकिस्तानले कपडा,खाद्यपदार्थ,चिकित्सा प्रबन्ध,खेलकुद उत्पादन,चामल आदि श्रेष्ठ निर्यात उत्पादन बस्तुले यस एक्स्पोमा भाग लिने छ। यस एक्स्पोको प्रदर्शनी क्षेत्रफल सिमित भएकाले पाकिस्तानी व्यवसायले कडा प्रतिस्पर्धा गराएको छ। उहाँले आगाडि भन्नुभयो:पाकिस्तान विश्वको चौथो ठूलो कपास उत्पादन मुलुक र तेस्रो ठूलो सूतीको धागो उत्पादक मुलुक हो। त्यसैले सूतीको धागो नै पाकिस्तानले चीनका लागि निर्यात गरेको सबैभन्दा मुख्य उत्पादन बस्तु हो। साथै पाकिस्तानसँग अपेक्षाकृत पूर्ण बुनाई उद्योग रहेको छ भने यस उद्योगसँग शक्तिशाली अन्तर्राष्ट्रिय प्रतिस्पर्धा शक्ति रहेको छ। यसबाहेक पाकिस्तानको चामल पनि अन्तर्राष्ट्रिय समाजमा नामी भएको देखिन्छ।

हाल केही वर्षयता विशेष गरी सन् 2015 मा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले पाकिस्तानको राजकीय भ्रमण गरेदेखि यता यी दुबै मुलुकबीचको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध अझ उकासिँदै गएको छ। वर्तमान चीन लगातार चार वर्षमा पाकिस्तानको सबैभन्दा ठूलो व्यापार सा‍झेदारी,आयात उद्गम मुलुक र तेस्रो ठूलो निर्यात गन्तव्य स्थल हो। यस आयात एक्स्पोले चीन र पाकिस्तानबीचको व्यापारिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने एक राम्रो अवसर हुने ठहर वाङ्गले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु