फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

र्‍वै चिन शहरको गरिबी निवारणमा उपलब्धि हासिल

(GMT+08:00) 2018-11-02 10:37:53

चीनको च्याङ सी प्रान्तको दक्षिण-पूर्वी भागमा पर्ने र्‍वै चिन शहरको यातायात पूर्वाधारको विकास नहुँदा र कृषि क्षेत्रको अवस्था पनि कमजोर हुँदा लामो समययता त्यहाँको आर्थिक विकास हुन सकेको थिएन। गरिब परिवारलाई छिटो रुपमा गरिबीबाट मुक्त हुन निर्देशन गर्नु र स्थानीय वासिन्दालाई सन् २०२० सम्ममा सम्पन्न बाटोमा हिँड्न प्रत्याभूति गर्नु र्‍वै चिन शहरको स्थानीय सरकारको एक महत्वपूर्ण कार्य बनेको छ।

सुन्तलाबाहेक, र्‍वै चिन शहरले सागसब्जी, सूर्ति, सेतो कमलको बीउको रोपाइ पनि गरेको छ। व्यवसायको विकासमार्फत गरिबी निवारणको आधार क्षेत्रहरूको संख्या ४२९ वटा छ। शक्तिशाली कृषि उद्योग-व्यवसायहरूको संख्या ११ वटा छ। किसान सहकारीहरूको संख्या ७४३ वटा छ। त्यहाँ व्यवसायको विकासमार्फत गरिबी निवारणको अनुपात ६२.६ प्रतिशत पुगेको छ। र्‍वै चिन शहरले गरिब परिवारलाई प्रत्यक्ष रुपमा व्यवसायको विकास गर्न प्रोत्साहन गरेको छ।

व्यवसायको विकासमार्फत गरिबी निवारणबाहेक, र्‍वै चिन शहरले "प्राविधिक क्षमता जोड रोजगार" ढाँचामार्फत गरिब परिवारलाई सहायता दिएको छ। ट्रक चालक रोजगार गरिबी निवारण योजनालाई उदाहरण लिउँ, स्थानीय सरकार र सवारी चालक तालिम स्कूलले संयुक्त सहयोगमा ट्रक चालक तालिम लिने गरिब वासिन्दाहरूलाई निःशुल्क तालिम दिएको छ। यसका साथै तालिमको क्रममा सवारी चालक तालिम स्कूलले निःशुल्क आबास र खाना सेवा उपलब्ध गराएको छ। गरिब वासिन्दाको तालिम पूरा भएपछि तालिम स्कूलले गरिब वासिन्दाका लागि रोजगारसमेत खोजिदिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको र्‍वै चिन शहर समितिका चङ फिङ भन्नुहुन्छ "र्‍वै चिन शहरका सवारी चालक तालिम स्कूलहरूले हरेक वर्षमा कम्तीमा एक हजार जना गरिब वासिन्दालाई निःशुल्क तालिम दिन भर्ना गराएका छन्। तालिम स्कूलबाट ती गरिब वासिन्दाले ट्रक वा बस चालक अनुमति पत्र पाएपछि सवारी चालक तालिम स्कूलले ती चालकहरूलाई ट्रक वा बस चालकको काम गर्न समुद्री तटवर्ती विकसित क्षेत्रतर्फ पठाउँछ। रोजगारी पाएपछि गरिब वासिन्दाको एक महिनाको आम्दानी पाँच हजार चिनियाँ युआनभन्दा कम छैन।"

गरिबी निवारण लामो समय चल्ने कार्यक्रम हो। सूचनाको सिमितताको समाधान गर्न, शहरको सरकार र विभिन्न गाउँका गरिब परिवारबीचको सम्पर्कलाई बढाउनका लागि गत वर्षमा र्‍वै चिन शहरले इन्टर्नेटमा ९६३३३ नम्बरको गरिबी निवारण सूचना सेवा चौतारोको स्थापना गरेको थियो र साथै ९६३३३ नम्बरको टेलिफोन हटलाइन पनि खोलेको थियो। यो टेलिफोन हटलाइनले गरिब परिवारको अनुरोध तथा दुःख सुन्ने र त्यसको समाधान गर्ने, नीतिगत परामर्श सेवा उपलब्ध गराउनुका साथै गरिबी निवारणबारे वासिन्दाको प्रस्ताव संकलन गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको र्‍वै चिन शहर समितिका चङ फिङ भन्नुहुन्छ

"यो हटलाइनले गरिबी निवारण कार्य र व्यवहारमा उतारिएको नीतिको अवस्थाबारे जानकारी लिनसकिने र साथै अधिकारीको दायित्व र व्यावहारिक अवस्था समेतको जानकारी लिनसकिने छ। होइन भने शहरको सरकार र गरिब परिवारबीच प्रत्यक्ष पुलको अभाव हुने छ।"

अनेकौं कदमहरू चालेको अवस्थामा हालैका वर्षहरूयता र्‍वै चिन शहरको गरिबी निवारण कार्यले स्पष्ट उपलब्धि हासिल गरेको छ। सन् २०१५ देखि र्‍वै चिन शहरले अठार हजार छ सय उनन्चालीस वटा परिवारका सतहत्तर हजार जना गरिब वासिन्दाको कटौती गरेको छ। गरिबी दर सन् २०१४ अन्त्यको १४.३ प्रतिशतबाट घटेर ०.९१ प्रतिशत पुगेको छ। उनन्चास वटा गरिब गाउँ सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएको छ। गाउँका वासिन्दाका प्रति व्यक्तिको आम्दानी सन् २०१५ को आठ हजार दुई सय एकाउन्न चिनियाँ युआनबाट बढेर सन् २०१७ को दश हजार तीन सय एक चिनियाँ युआन पुगेको छ।

जानकारी तथा लेखहरु