
सन् २०१८ नोभेम्बर १ तारिखसम्म प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको मुख्य हल तथा भवनका विभिन्न तैयारी कार्य मोटामोटी रुपमा सम्पन्न भएको छ। विभिन्न प्रदर्शन स्टलको तयारी काम पनि अन्तिम चरणमा प्रवेश भएको छ। कर्मचारी र स्वयम-सेवकहरूले "चिन पाउ" नामक एक्स्पोको म्यास्कटसँग फोटो खिचाएका छन्।
प्राप्त जानकारी अनुसार, प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो आगामी ५ देखि १० तारिखसम्म शाङहाईमा आयोजना हुँदै छ। १३० भन्दा बढी मुलुक र क्षेत्रका ३ हजारभन्दा बढी व्यवसायीहरू यस एक्स्पोमा सहभागी हुने छन्।
1 2 3