
चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र श्रीमती फङ ली युआनले ४ तारिख बेलुकी शाङ हाइमा स्वागत रात्री भोजको आयोजना गरी पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा उपस्थित हुनुभएका विभिन्न मुलुकका अतिथिहरुलाई स्वागत गर्नुभएको छ।
सो अवसरमा सी चिन फिङले सम्बोधन गर्नुहुँदै चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो चीनको हो र साथै विश्वको पनि हो भन्दै यो सामान्य प्रदर्शनी नभएको र चीनले अर्को चरणको उच्च स्तरीय सुधार तथा खुलापन बढाउनका लागि गरेको महत्वपूर्ण निर्णय हुनुका साथै चीनले विश्वलाई सक्रिय रुपमा बजारलाई खुला गर्ने ठूलो कदम भएको दोहोर्याउनुभएको छ। चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले शाङ हाइको शानलाई अझै चम्काउनसक्ने विश्वास रहेको पनि उहाँले उल्लेख गर्नुभयो।
सो रात्री भोजमा सी चिन फिङले विभिन्न मुलुकका नेतासँग हार्दिक आदान-प्रदान गर्नुभएको छ। अतिथिहरुले पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो सफलताका साथ सम्पन्न हुने र विभिन्न मुलुक सँगसँगै मिलेर विकास गरी विश्वलाई शान्तिमय र समृद्ध पार्ने इच्छा व्यक्त गरेका छन्।