
प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो आज नोभेम्बर ५ तारिख शाङहाईमा सुरु भएको छ । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बिहान उद्घाटन समारोमा "नयाँ र समावेशी खुला विश्व अर्थव्यवस्थाको निर्माण " शीर्षकमा सम्बोधन गर्नुभएको छ।

विभिन्न मुलुकका पत्रकारहरु सो समारोहमा सहभागी भएका छन्।
आजै दिउँसो "व्यापार तथा खुलापन", "व्यापार तथा नयाँ सिर्जना", "व्यापार तथा लगानी " लगायत तीनवटा समानान्तर फोरम र होङछ्याउ अन्तर्राष्ट्रिय वित्तीय मिडिया र "खुला विश्व अर्थतन्त्रको निर्माण तथा प्रसार" विषयक थिंक ट्यांक फोरमको पनि आयोजना गरिएको छ।

ती फोरमहरुले व्यापार तथा लगानीको स्वतन्त्रता तथा सुविधालाई घच्घच्याउने, खुला विश्व अर्थतन्त्रको निर्माण, सेवा व्यापार, डिजिटल अर्थतन्त्र, इ-वाणिज्य आदिद्वारा नयाँ वृद्धि शक्ति खोज्ने र लगानी, आदान-प्रदान तथा दिगो विकासलाई प्रवर्द्धन गर्ने आदि विषयबारे छलफल गरेका छन्।