फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार तथा खुलापनबाट जनता लाभान्वितः यी ऊका एक व्यापारीको ठहर

(GMT+08:00) 2018-11-16 10:31:44

"चीन र विश्वबाट हेर्दा 60 प्रतिशत गलबन्दी चच्याङ प्रान्तको यी ऊबाट आएका हुन्। यी ऊको गलबन्दीको मूल्य सस्तो छ, किसिम धेरै प्रकारका छन्। हाम्रो पसलमा प्रतिदिन बीसदेखि तीस किसिमका गलबन्दी प्रस्तुत गर्न सकिन्छ। हाम्रो व्हा सिन नामक ट्रेड मार्काको गलबन्दीको पाँच, छ सय किसिम छन् र बीस, तीस वटा मुलुकतर्फ बिक्री गरिएको छ।"

ह हाई मै यी ऊका वासिन्दा हुनुहुन्छ, हाल उहाँ हान मै पोशाक कम्पनी लिमिटेड बोर्डका अध्यक्ष हुनुहुन्छ। सन् 1987 देखि उहाँको कम्पनीले गलबन्दी व्यापार गरेदेखि हाल यी ऊ अन्तर्राष्ट्रिय व्यापार तथा वाणिज्य हलमा प्रसिद्ध गलबन्दी कम्पनी बनिसकेको छ। उहाँको कम्पनीको वार्षिक कारोबार रकम पाँच करोड चिनियाँ युआन पुगेको छ र हरेक वर्षमा चालीस लाख चिनियाँ युआन कर तिरेको छ।

तर चालीस वर्षअघि ह हाईले आफ्नो कार्य सुचारु रुपमा चलेको, आफ्नो जन्मथलो अर्थात् यी ऊ चीनका छ वटा शक्तिशाली जिल्लामध्येको एक बनेको, संयुक्त राष्ट्र संघ र विश्व बैंकआदि संस्थानहरूद्वारा "विश्वको पहिलो बजार"को नाम निश्चित गरिएको कुरा कल्पना गर्नुभएको थिएन। चालीस वर्षअघिको यी ऊको सिंहावलोकन गर्दै ह हाई मै भन्नुहुन्छ "यी ऊको तीन दिशा पहाडले घेरिएको छ, मानिस धेरै थिए तर जमीन थोरै थियो। त्यसैले पहिला यी ऊ निकै गरिब थियो। मेरो सानो उमेरमा यी ऊमा धेरै सडक थिएनन् र जर्जर आबासहरू थिए।"

1  2  3  4  
जानकारी तथा लेखहरु