फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पन्ध्रौं मंगोलिया जातीय पोशाक कला उत्सव

(GMT+08:00) 2018-11-20 16:25:48

नोभेम्बर १९ तारिखदेखि छ दिने पन्ध्रौँ मंगोलिया जातीय पोशाक कला उत्सव होहट शहरमा सुरु भएको छ। सो अवसरमा लगभग दुई हजार सेटका मंगोलिया जातीय पोशाकको प्रदर्शन गरिँदैछ।

सो उत्सवमा मंगोलिया जातीय परम्परागत पोशाक, हिउँदे ऋतुमा परम्परागत पोशाक, आधुनिक ड्रेस, व्यावसायिक पोशाक, आरामदायक पोशाक र विद्यार्थी पोशाकलगायत छ प्रतियोगिता समेटिएका छन्। जसले जातीय पोशाकको उत्पादन तथा डिजाइनमा सुधार तथा नयाँ सिर्जनालाई प्रेरणा गरेको छ। त्यसका अतिरिक्त विशेष गरी विद्यार्थीका लागि नयाँ सिर्जना डिजाइन पुरस्कार पनि स्थापना भएको छ।

प्राप्त जानकारीअनुसार, कुल एक सय ५९ प्रतिनिधि मण्डलले उक्त उत्सवमा भाग लिएका छन्। प्रतिनिधिको संख्या अहिलेसम्मकै सबैभन्दा बढी रहेको छ।


1  2  3  
जानकारी तथा लेखहरु