फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ राजवंशमा सामूहिक किताबको सम्पादन

(GMT+08:00) 2018-11-21 09:20:19

खाङसी सम्राटको शासन कालदेखि उनका छोरा युङचेङ सम्राट र नाति छ्यानलुङ सम्राटको शासन कालसम्म छिङ राजवंशले "खाङ-छ्यान" समृद्धि कालमा प्रवेश गरेको थियो। संस्कृतिमा छिङ वंशका शासकहरुले नियन्त्रणलाई सबल पारेका थिए।

मिङ राजवंशबाट बाँकी सांस्कृतिक व्यक्तिहरुप्रति प्रशासकहरुले विभिन्न कदम चालेका थिएः छिङ सरकारको शासनको स्वीकार गरेका सांस्कृतिक व्यक्तिहरुलाई सरकारले सुविधा दिनका साथै अस्वीकृत सांस्कृतिक व्यक्तिलाई कडा धम्की र दवाव दिएको थियो। उदाहरणका लागि च्वाङ थिङलुङ नामक सांस्कृतिक व्यक्तले केही साथीहरुसँग "मिङ राजवंशको इतिहास" शीर्षकमा कितावको सम्पादन गरेका थिए। उक्त किताबमा छिङ वंशका शासकमाथि आलोचना गर्ने विषय थियो। सम्राट खाङसीको दोस्रो शासन वर्षमा कोही मान्छेले उक्त घटनाबारे सरकारसमक्ष सूचना पूर्‍यायो। त्यस बेला च्वाङ लुङथिङको मृत्यु भइसकेको थियो। तर तत्कालीन सरकारले उनका छोरा तथा किताब छाप्ने, विक्री गर्नेलगाउत सबै सम्बन्धित मान्छे र स्थानीय अधिकारीको हत्या गर्‍यो। लेखका कारणले आरोपमा परेको घटना धेरै थिए।

खाङसी सम्राटको नाति छ्यानलुङ सम्राटले देशका पूरै किताबको संकलन गरेर सबैभन्दा ठूलो किताब समूहको सम्वादन गर्ने योजना गरे। जसबाट एकातिर संस्कृतिमाथि सम्राटले महत्व दिएको देखाइनुका साथै अर्कातिर लोक संग्रह किताबको संकलन गरी जाँचबुझ तथा निगरानी गरेको थियो।

सन् १७७३ मा छ्यानलुङ सम्राटले पूरै किताब समूहको सम्पादन कार्यालयको स्थापना गर्ने आदेश दिए। साथै उनले राजपरिवारका सदस्यहरु र विद्बानलगायत लगभग ३६० जनालाई उक्त किताब समूहको सम्पादकमा नियुक्त गरे। अवश्य नै ती विद्बानहरुले साँचिकै सम्पादक हुनुका साथै राजपरिवारका सदस्यले सम्पादनको निगरानी गरेका थिए।

यति पूरै किताब समूहको सम्पादन गर्न ठूलो मात्राका किताब संकलन गर्नुपर्‍यो। दुई वर्षको समयमा सरकारले जनताबाट करिब बीस हजार प्रकारका किताबको संकलन गरेको थियो। त्यसका साथै राजदरवारमा सुरक्षित किताब जोडेर किताबको संख्य ज्यादै बढी भयो। त्यसपछि सम्पादकहरुले दश वर्षको समयमा ती किताबहरुको सम्पादन र प्रतिलिपि गरेका थिए। सन् १७८२ सम्म उक्त " स खु छ्यान शु" नामक किताब समूहको सम्पादन पूरा भयो। किताब समूहमा ३ हजार ४ सय ६१ प्रकारका ३६ हजार किताब समेटेका थिए। त्यसपछि सम्राटको आग्रहमा उक्त किताब समूह कूल सातवटा प्रतिलिपि गरेर चीनभरि विभिन्न क्षेत्रमा सुरक्षित गरिएका थिए।

छ्यान लुङ सम्राटको शासन कालमा सम्पादित उक्त "स खु छ्यान शु" नामक किताब समूहले चीनको इतिहासमा सबैभन्दा ठूलो किताब समूह हो। जसले चीनका प्रशस्त प्राचीन सांस्कृतिक सम्पदाको अनुसन्धान गर्न ठूलो र महत्वपूर्ण योगदान दिएको छ।

जानकारी तथा लेखहरु