फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एपेक औद्योगिक वाणिज्य नेतास्तरीय शिखर सम्मेलन

(GMT+08:00) 2018-11-22 09:40:14

सन्2018 एपेक उद्योग तथा वाणिज्य नेतास्तरीय शिखर सम्मेलनको मुख्य विषय"समेटिएको अवसर पाउँदै डिजिटलाइजेशन भविष्यको स्वागत"भन्ने हो। स्थानीय समयअनुसार नोभेम्बर सोह्र तारिख मोर्सबी पोर्टमा सुरु भएको एपेक उद्योग तथा वाणिज्य नेतास्तरीय शिखर सम्मेलनमा दुई ध्यानाकर्षक विषय भनेका"व्यापारको विश्वव्यापीकरणले कसरी समेटिएको अवसर छोप्ने" र "डिजिटल अर्थतन्त्रले सारा विश्व उद्योगको नेतृत्व गर्नसक्छ कि सक्दैन" भन्ने रहेका छन्।

उक्त एपेक शिखर सम्मेलनको पहिलो दिन सहभागी अतिथिहरुले व्यापारको विश्वव्यापीकरण,डिजिटल अर्थतन्त्र,ऊर्जास्रोत,खाद्य सुरक्षा,संसाधन उद्योग कसरी विकास गर्ने आदि विषयमा वैचारिक आदानप्रदान गरेका छन्। चालू वर्ष विश्व अर्थतन्त्र सुस्त रुपमा पुनरुत्थान भैरहेको पृष्ठभूमिमा केही मुलुकको व्यापार संरक्षणवाद बढ्दै आएको देखिन्छ। विशेष गरी एशिया प्रशान्त आर्थिक सहयोग संगठनका सदस्यहरुमध्ये पनि व्यापारिक विवाद देखिन्छ। जसबाट एशिया प्रशान्त क्षेत्रको अर्थतन्त्रमा ठूलो अस्थिरता रहेको देखिन्छ। यसप्रति सन्2018 एपेक शिखर सम्मेलनको अनौपचारिक बैठकको वर्तमान अध्यक्ष मुलुक पपुआन्यूगिनीका प्रधानमन्त्री पिटर औनेलले यसरी भन्नुभयो:एक सानो क्षेत्रीय आर्थिक समूहको रुपमा पपुआन्यूगिनीले विश्व व्यापार संगठनको नियमबमोजिम आर्थिक तथा व्यापारिक गतिविधि गराएको हो। विवादबाट खराब असर ल्याइने छ भने सहयोग तथा वार्ताबाट मात्रै साझा फाइदा हुनेछ।

विश्व व्यापार संगठनका उपमहाप्रबन्धक यी स्याउ चुनको विचारमा व्यापार नै विकसित मुलुकमा बेरोजगारी जन्माउने मुख्य कारण होइन। प्रविधिको प्रगतिले जनताको जीवन शैली र व्यापारिक शैलीलाई ठूलो परिवर्तन गरेको छ। व्यापारिक विवाद नै सहयोगबाट समाधान गरिनुपर्छ। उहाँले अगाडि भन्नुभयो:व्यापारिक क्षेत्रको द्वन्द्वमा विजेता कोही पनि हुँदैन। निरन्तर प्रतिद्वन्द्वी भावनाले सारा विश्व व्यापार,लागानी र अर्थतन्त्रमाथि गहन नकारात्मक प्रभाव पार्ने छ।

यस शिखर सम्मेलनमा भाग लिएका अतिथिहरुले डिजिटल अर्थतन्त्र सम्बन्धी छलफलमा पनि जोड दिएका छन्। ती अतिथिबीचको सहमति छ: डिजिटल अर्थतन्त्रले वास्तविक अर्थतन्त्रको विकासलाई प्रवर्द्धन गर्नसक्छ। हाल डिजिटल अर्थतन्त्र अर्थतन्त्रको विकासको नेतृत्व गर्ने महत्वपूर्ण शक्ति बन्दै गएको छ। तर पनि इन्टर्नेट बित्त र इलेक्ट्रोनिक भुक्तानी क्षेत्रमा सुरक्षालाई उकास्नुका साथै बित्तको व्यवस्थापन तथा निगरानीलाई मजबुत बनाउनु गरी दुई विषयलाई ध्यान दिनुपर्छ।

जानकारी तथा लेखहरु