फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उद्योग-व्यवसायहरूमार्फत् ब्रुनाइको "सन् 2035 विकास लक्ष्य" साकार तुल्याउन मद्दत

(GMT+08:00) 2018-11-23 09:20:08

ब्रुनाई आशियानका सदस्य मुलुक हो र दक्षिण-पूर्वी एशियाको प्रसिद्ध पेट्रोलियम निर्यातकर्ता मुलुक पनि हो। सन् 2017 मा प्रति व्यक्ति सरदर जी.डी.पी. अठ्ठाईस हजार अमेरिकी डलरभन्दा बढी थियो। तर एकल आर्थिक बनौटबाट ब्रुनाइ सरकारले संकटको अनुभव गरेको छ। त्यसैले ब्रुनाइले एकल बनौटबाट बहुपक्षीयताको दिशातर्फ मोड्ने निर्णय गरेको छ र "सन् 2035 इच्छा" विकास रणनीति प्रस्तुत गरेको छ। यसका साथै "बेल्ट एण्ड रोड" प्रस्तावलाई व्यवहारमा उतार्नका लागि केही चिनियाँ उद्योग-व्यवसायहरू विकास गर्नका लागि ब्रुनाइ गएका र ब्रुनाइको आर्थिक रुपान्तरणका लागि शक्ति उपलब्ध गराएका छन्।

ब्रुनाइको मूआरा बन्दरगाह ब्रुनाइको एक मात्रै गहिरो पानी बन्दरगाह हो र पनि ब्रुनाइले अन्तर्राष्ट्रिय व्यापार गर्ने मुख्य बाटो हो। हाल पेट्रोलियम र ग्याँसबाहेक, ब्रुनाइका 90प्रतिशत आयातित र निर्यातित सामान मूआरा बन्दरगाहमार्फत परिवहन गरिन्छ। क्वाङ सीको पै पू वान अन्तर्राष्ट्रिय बन्दरगाह समूह र ब्रुनाइ दारुस्सालाम पूँजी व्यवस्थापन कम्पनीले गठन गरेको संयुक्त पूँजी कम्पनी अर्थात् ब्रुनाइ मूआरा बन्दरगाह कम्पनी लिमिटेडले सन् 2017मा ब्रुनाइ मूआरा बन्दरगाह कन्टेनर टर्मिनल संचालनको ‌औपचारिक रुपमा व्यवस्थापन गरेको छ। संयुक्त पूँजीबाट संचालित यो कम्पनीका उप महाप्रबन्धक फाजिलाह यासिनले संयुक्त पूँजीबाट संचालित कम्पनीको स्थापना भएपछि ग्राहकहरू बन्दरगाहको कार्यकुशलताबाट अझै सुन्तष्ट भएको कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ

"हामीले बन्दरगाहको व्यवस्थापन गर्नुअघि कन्टेनरको परिवहन गति ढिलो थियो। त्यस अवधिमा एक घण्टामा दश वटादेखि पन्ध्र वटासम्मको कन्टेनर मात्रै परिवहन गर्न सकिएको थियो। हाल हामीले एक घण्टा पच्चीस वटा कन्टेनर परिवहन गर्न सक्छौं। कहिलेकाहीँ हामीले एक घण्टामा तीस वटाभन्दा बढी कन्टेनर परिवहन गर्नसक्छौं।"

बन्दरगाह क्रमशःव्यस्त भएको छ। नयाँ परियोजनाहरूको उत्पादन शुरु भएको छ। आधारभूत प्रबन्ध क्रमशःसुध्रिएको छ। तर ब्रुनाइको आर्थिक रुपान्तरणको बाटोमा अर्को कठिनाइ देखापरेको छ। यो कठिनाइ के हो भने दक्ष जनशक्ति थोरै छ। हङ यी ग्याँस तथा रसायन (ब्रुनाइ) कम्पनी र च च्याङ विश्वविद्यालयले ब्रुनाइ विश्वविद्यालयलाई रसायन विषय खोल्न मद्दत दिएका छन्। ब्रुनाइ विश्वविद्यालयका विद्यार्थीहरूले च च्याङ विश्वविद्यालयमा ग्याँस तथा रसायनको तालिम लिनसक्छन्। ब्रुनाइ विश्वविद्यालयको रसायन विषयबाट स्नातक भएका र हालसम्म हङ यी ग्याँस तथा रसायन (ब्रुनाइ) कम्पनीमा रोजगारी पाएका ब्रुनाइका नागरिक चुङ मिङ फाङ भन्छिन् "पहिलो वर्ष मैले ब्रुनाइ विश्वविद्यालय पढेको थिएँ। विश्वविद्यालयमा पहिलो वर्ष पढेपछि एक परीक्षा भयो। यो परीक्षा पार भएपछि निरन्तर रुपमा अध्ययन गर्न चीनको च च्याङ विश्वविद्यालय जाने मौका पाउन सकिन्छ। च च्याङ विश्वविद्यालयमा एक वर्ष पढ्न पाइन्छ।"

यसका साथै‍ ब्रुनाइका अझै धेरैले चिनियाँ उद्योग-व्यवसायमा रोजगारी पाएका छन्। ब्रुनाइ मूआरा बन्दरगाह कम्पनी लिमिटेडका उप महाप्रबन्धक फाजिलाह यासिनले पहिला ब्रुनाइ बन्दरगाह मामिला व्यूरोमा काम गर्नुभएको थियो। आफ्नो देशलाई विकासको इच्छा साकार तुल्याउने अभियानमा मद्दत दिनका लागि उहाँले चिनियाँ सहकर्मीसँग संयुक्त रुपमा प्रयास गर्ने आशा लिनुभयो। उहाँ भन्नुहुन्छ "सरकारी जागिर गरेको बेलामा मैले पै पू वानका टोलीका सदस्यहरूसँग सम्पर्क गरेको थिएँ। मैले उनीहरूले बन्दरगाहको विकास गर्ने योजनाबारे प्रारम्भिक जानकारी लिएको थिएँ। ब्रुनाइका मान्छेको हैसियतमा मैले मेरो देशको आर्थिक विकास गर्नसक्ने, संयुक्त पूँजीबाट संचालित उद्योग-व्यवसायको स्थापना गरी बन्दरगाहको व्यवस्थापन गर्नसक्ने आशा लिएको थिएँ। म संलग्न हुनसक्ने, मेरो देशलाई सन् 2035को इच्छा साकार तुल्याउन मद्दत दिने आशा मैले लिएको थिएँ। मूआरा बन्दरगाह कम्पनी लिमिटेड यो इच्छा साकार तुल्याउने सबैभन्दा राम्रो चौतारो हो, त्यसैले म संलग्न भएँ।"

जानकारी तथा लेखहरु