फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अर्जेन्टिनाका टेलिभिजनकर्मीले बनाएका वृत्तचित्र एउटै समयमा दुवै देशमा प्रसारण गरिने

(GMT+08:00) 2018-11-29 09:11:51

जी-20 अर्जेन्टिना शिखर सम्मेलन शुरु हुनुअघि चीन र अर्जेन्टिना दुवै देशका टेलिभिजन कर्मचारीहरूले संयुक्त रुपमा निर्माण गरेको "मनोरञ्जनात्मक अर्जेन्टिना" र "मनोरञ्जनात्मक चीन" शीर्षकका शृंखलावद्ध वृत्त-चित्र नोभेम्बर 29 तारिखदेखि एउटै समयमा दुवै देशका टेलिभिजन स्टेशनबाट प्रसारण गरिने भएको छ। ती वृत्तचित्रमार्फत् दुवै देशका दर्शकहरूले प्रत्यक्ष रुपमा पृथ्वीको अर्को पट्टि रहेका सुदूर मुलुकहरूको विशेषताको अनुभव गर्न सक्नेछन्।

सो वृत्तचित्रको शुभारम्भ समारोह 28 तारिख अर्जेन्टिनाको राजधानी ब्यूनस् आयर्समा आयोजना गरियो। समारोहलाई सम्बोधन गर्दै अर्जेन्टिनाका सार्वजनिक मिडिया सम्बन्धी राष्ट्रिय सचिव हेर्मन लोम्बार्दीले ती दुईवटा वृत्तचित्र जी-20 शिखर सम्मेलनसमक्ष अर्पण गरिएको एउटा विशेष उपहार नै भएको औँल्याउनुभएको छ।

1  2  
जानकारी तथा लेखहरु