फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 च्याङ सु प्रान्तको दक्षिणी भागका गाउँहरूको विकासको नयाँ ढाँचा

(GMT+08:00) 2018-11-30 09:37:28

चीनको सु नान क्षेत्र भनेको चीनको च्याङ सु प्रान्तको दक्षिणी भागस्थित सु चौ, ऊ सी, छाङ चौ गरी तीन वटा शहरद्वारा नियन्त्रण गरिएको क्षेत्र हो। "चीनको प्रथम गाउँ" कहलाइएको ऊ सी शहरको व्हा सी गाउँ त्यहीँ पर्दछ। व्हा सी गाउँ, सु चौ शहरको युङ लेन गाउँलगायतका सु नान क्षेत्रका गाउँहरूमा सुधार तथा खुलापनबाट ल्याइएको परिवर्तन देख्नसकिन्छ। नयाँ ऐतिहासिक शुरुवातमा सु नान क्षेत्रको विकास ढाँचाले "फेरि सुधार"को सुअवसरको स्वागत गरेको छ।

सु चौ शहरको युङ लेन गाउँमा अग्ला घर, आधुनिक कारखाना, सफा सडक छन् र जीवनका लागि पूर्ण आराम प्रबन्ध गरिएको एक शहरजस्तै छ। तर पहिलाको युङ लेन गाउँको मुहार हालको जस्तो थिएन। एक वासिन्दा भन्छन् "युङ लेन गाउँ सन् १९७०मा याङ सी नदीको छेउमा निर्माण गरिएको थियो। समुद्री सतहबाट कम उचाइमा रहेको कारणले दश वर्षमध्ये नौ वर्ष त बाढीको प्रकोप नै परेको थियो। सन् १९७८ सम्म हाम्रो गाउँको ऋण साठी हजार चिनियाँ युआन पुगेको थियो। प्रति व्यक्तिको सरदर आम्दानी अठसट्ठी चिनियाँ युआन मात्रै थियो। हाम्रो गाउँ हाम्रो जिल्लाको सबैभन्दा सानो र सबैभन्दा गरिब गाउँ थियो।"

सुधार तथा खुलापन नीतिले युङ लेन गाउँको विकासमा जीवन्त शक्ति थपेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको युङ लेन गाउँ समितिका सचिव ऊ तुङ छाइको नेतृत्वमा वासिन्दाहरूले माछा पाल्न थाले। त्यसपछि युङ लेन गाउँले सात वटा काराखनाको स्थापना गरेको थियो। सन् १९८४ मा किसान ऊ तुङ छाइले इस्पात कारखानाको स्थापना गर्ने अठोट गर्नुभयो। त्यस कालमा किसानले इस्पात कारखानाको स्थापना गर्ने कुरा धेरै मान्छेहरूले आँट गर्न नसक्ने कुरा थियो। तर ऊ तुङ छाइले किसानहरूसँग धेरै कठिनाइको सामना गरी इस्पात कारखानाको स्थापना गर्नुभयो। इस्पात कारखाना खोलेको दोस्रो वर्ष बीस लाख चिनियाँ युआन कमाइएको थियो।

1  2  3  
जानकारी तथा लेखहरु