फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र पानामाका राष्ट्रपतिबीच वार्ता

(GMT+08:00) 2018-12-04 09:57:50

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र पानामाका राष्ट्रपति हुवाँ कार्लोस भालेराले ३ तारिख वार्ता गर्नुभएको छ। उहाँहरुले दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएदेखि द्वीपक्षीय सम्बन्धको राम्रो विकसित प्रवृत्ति र सहयोगात्मक उपलब्धिमाथि उच्च मूल्याँकन गर्नुका साथै सम्बन्धलाई अझ अगाडि बढाउने विषयबारे व्यापक सहमति गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, अन्तर्राष्ट्रिय परिस्थितिमा केहि परिवर्तन भए तापनि चीन र पानामाको मैत्रिपूर्ण सम्बन्धको सुदृढ र विकास गर्नु चीनको सुदृढ कुटनैतिक नीति हो। चीनले पानामासँग घनिष्ट उच्चस्तरीय आदान-प्रदानलाई कायम राखेर सरकार, विधान संस्था तथा पार्टीबीचको आदान-प्रदान तथा सहयोगलाई सबल पार्ने इच्छा राखेको छ।

राष्ट्रपति भालेराले राष्ट्राध्यक्ष सीको ऐतिहासिक भ्रमणको हार्दिक स्वागत गर्नुका साथै दुई देशको सहयोगले दुई देशका जनता मात्र नभई क्षेत्रीय जनतालाई फाइदा पूर्‍याइने र विश्व शान्ति तथा समृद्धिका लागि योगदान दिने व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु