फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फङ लि युआन र पानामाका राष्ट्रपतिकी श्रीमती कास्टिलोबीच भेट

(GMT+08:00) 2018-12-04 10:05:32

डिसेम्बर ३ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती, विश्व स्वास्थ्य संगठन क्षयरोग तथा एड्स रोगका सद्भावना दूत एवम् संयुक्त राष्ट्र संघीय शिक्षा, विज्ञान, संस्कृति संगठनअन्तर्गत बालिका तथा महिला शिक्षासम्बन्धी विशेष दूत फङ लि युआनले पानामाको राष्ट्रपति भवनमा पानामाका राष्ट्रपतिकी श्रीमती, संयुक्त राष्ट्र संघीय एड्स योजना कार्यालयअन्तर्गत ल्याटिन अमेरिका क्षेत्रका विशेष सद्भावना दूत एवम् पानामाको राष्ट्रिय बालबालिका नर्सिङ समितिका अध्यक्ष लोरेना कास्टिलो गार्सिया डे भारेलासँग भेटवार्ता गर्नुभएको छ।

भेटमा फङ लि युआनले चीन सरकारले एड्सको रोकथाम तथा उपचार कार्य र एड्स लागेकाहरूलाई हेरचाह गर्न महत्व दिएको र यसका लागि ठूलो प्रयास गरेको र महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो। फङले चीनले महिला तथा बालबालिकालाई कार्य महत्व दिइरहेको, महिला तथा बालबालिकाको स्वास्थ्य स्तर र शिक्षा स्तरलाई माथि उकास्न प्रयास गरिरहेको बताउँदै दुई पक्षले चीन र पानामाका साथै विश्वका महिला तथा बालबालिका कार्यका लागि नयाँ योगदान दिनसक्ने आशा लिएको पनि बताउनुभयो।

सो क्रममा कास्टिलोले चीन सरकारले एड्स रोकथाम र उपचार, महिला तथा बालबालिकाको हितको संरक्षण क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्नुभयो।

साथै दुवै जनाले एड्स रोकथाम तथा उपचारसम्बन्धी सार्वजनिक प्रचार-प्रसार कार्यक्रममा पनि भाग लिएका थिए।

1  2  3  4  
जानकारी तथा लेखहरु