फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हामोल्हा नदी

(GMT+08:00) 2018-12-04 10:47:40

तिब्बती भाषामा ल्हामोको अर्थ परी वा देवी हो र ल्हाको अर्थ नदी हो। किम्बदन्तीका अनुसार, यस नदीलाई देवी पाल्डेन ल्हामोको आत्मा राखिएको ठाउँ मानिएको छ। तिब्बती भाषामा पाल्डेन ल्हामोको अर्थ नै शुभ देवी रहेको छ। ल्हामोल्हा नदी खप्परको आकार जस्तो भएकोले तिब्बतीले ल्हामोल्हा नदी शुभ देवीको खप्परबाट बनेको र यहाँ शुभ देवीको आत्मा बसेको ठाउँ मान्छन्।

ल्हामोल्हा नदी पर्वतमा रहेको ताजा पानीको पोखरी जस्तै हो। यो नदीको क्षेत्रफल एक वर्ग किलोमिटर छ र नदी समुद्र सतहबाट पाँच हजार मिटर माथि छ। अण्डाकार ल्हामोल्हा नदी निकै स्वच्छ छ त्यसैले आकाशबाट हेर्दा पर्वत श्रृंखलाबाट घेरिएको दर्पण जस्तो देखिन्छ। करिब सात महिनासम्म जम्ने यो नदी ग्रीष्म ऋतुमा पग्लिएपछि कहिले सुनसान देखिन्छ त कहिले लहर चलेको देख्नुका साथै गजबको आवाज पनि सुनिन्छ र विभिन्न अद्भुत दृश्य देख्नसकिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु