फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र पोर्चुगलका राष्ट्रपतिबीच भेटवार्ता

(GMT+08:00) 2018-12-05 09:56:07

डिसेम्बर ४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो ड सौसासँग भेटवार्ता गर्नुभएको छ। दुई मुलुकका राष्ट्रनायकहरूले चीन र पोर्चुगल बीच दौत्य सम्बन्ध स्थापना भएको चालीसौं वार्षिकोत्सवको अवसरलाई नयाँ ऐतिहासिक शुरुवात बिन्दुको रुपमा लिएर चीन र पोर्चुगलको मैत्रीपूर्ण सहयोगलाई निरन्तर रुपमा नयाँ उपलब्धि हासिल गर्न अगाडि बढाउन र दुई मुलुकको सम्बन्धको विकासको नयाँ अध्याय उघार्न स्वीकार गर्नुभएको छ।

भेटवार्तामा सीले पोर्चुगलले एक चीन नीति पालना गरेकोमा प्रशंसा गर्नुहुँदै पोर्चुगलसँग केन्द्रीय हित र महत्वपूर्ण समस्याहरूमा पारस्परिक रुपमा समझदारी र समर्थन गर्ने आशा चीनले लिएको बताउनुभयो। सो क्रममा दुई पक्षले चीन र पोर्चुगलका सरकारहरूबीच हस्ताक्षरित "बेल्ट एण्ड रोड" सहयोगात्मक स्मृत्ति पत्रलाई सुअवसरको रुपमा लिएर "बेल्ट एण्ड रोड" प्रारुपभित्रको सहयोगलाई बढाउने, द्विपक्षीय व्यापारिक आदान-प्रदानलाई विस्तार गर्ने, शिक्षा, रेडियो तथा चलचित्रआदि क्षेत्रहरूमा आदान-प्रदान गर्ने पनि सीले बताउनुभयो।

उक्त भेटवार्तामा राष्ट्रपति मार्सेलोले राष्ट्राध्यक्ष सीलाई हार्दिक स्वागत व्यक्त गर्नुहुँदै आगामी वर्ष पोर्चुगल र चीन बीचको दौत्य सम्बन्धको स्थापनाको चालीसौं वार्षिकोत्सव भएकोले पोर्चुगलले चीनसँग आर्थिक तथा व्यापार, बैकिङ, आमनागरिकसम्बन्ध आदि क्षेत्रहरूको आदान-प्रदान तथा सहयोगलाई सबल पार्ने अपेक्षा गरेको र चिनियाँ उद्योग-व्यवसायलाई पोर्चुगलमा लगानी गर्न स्वागत गरेको बताउनुभयो। पोर्चुगलले "बेल्ट एण्ड रोड" प्रस्तावको समर्थन दिएको र यूरोपमा स्थल रेशमी मार्ग र समुद्री रेशमी मार्गको हब बन्ने आशा लिएको पनि उहाँले बताउनुभयो।

भेटवार्तापछि दुई मुलुकका राष्ट्रनायकहरूले संयुक्त रुपमा पत्रकार सम्मेलनमा पनि भाग लिनुभएको छ।

भेटवार्ताअघि राष्ट्रपति मार्सेलोले राष्ट्राध्यक्ष सीको आतिथ्यमा भव्य स्वागत समारोहको आयोजना गर्नुभएको थियो।

जानकारी तथा लेखहरु