फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको पोर्चुगलको राजकीय भ्रमण शुरू

(GMT+08:00) 2018-12-05 10:08:36

डिसेम्बर ४ तारिखबाट चीनका राष्ट्राध्यक्ष सी चिनफिङले लिस्बन पुग्नुभई पोर्चुगलको राजकीय भ्रमण शुरू गर्नुभएको छ।

विमानस्थलमा राष्ट्राध्यक्ष सीले सम्बोधन गर्नुहुँदै आउने वर्ष चीन-पोर्चुगल दौत्य सम्बन्ध स्थापनाको ४०औं वार्षिकोत्सव भएको र यो नै पारस्परिक सम्बन्धको विकासको नयाँ ऐतिहासिक शुरूआत भएको व्यक्त गर्नुभएको छ। दुवै पक्षको साझा प्रयासमा आपसी सर्वाङ्गीण रणनैतिक साझेदारी सम्बन्धको अझ उज्ज्वल भविष्य हुने विश्वास पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

पानामाको राजकीय भ्रमणपछि राष्ट्राध्यक्ष सी पोर्चुगल पुग्नुभएको हो।

जानकारी तथा लेखहरु