फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार तथा खुलपानको चालीसौं वार्षिकोत्सवमा चीन र जापानले सहयोगको नयाँ अध्याय सिर्जना गर्दै जाने

(GMT+08:00) 2018-12-06 09:19:06

यसै डिसेम्बर तीन तारिख जापानका लागि चिनियाँ राजदूतावास र जापानको आर्थिक समूह संघले टोकियोमा संयुक्त रुपमा चीनको सुधार तथा खुलापनको चालीसौं वार्षिकोत्सव र चीन-जापान आर्थिक तथा वाणिज्य सहयोग गोष्ठीको आयोजना गरेको छ। यी दुबै मुलुकका आर्थिक क्षेत्र,मैत्रीपूर्ण संगठनका प्रतिनिधि,चिनियाँ मूलका विदेशी र चिनियाँ प्रवासी लगायत दुई सयभन्दा बढी व्यक्तिहरुले यस गोष्ठीमा भाग लिएका छन्। यस गोष्ठीमा चीनको जनकूटनीति सोसायटीका मानार्थ अध्यक्ष एवं भूतपूर्व चिनियाँ पररराष्ट्र मन्त्री ली चाउ सिङ्ग, जापानका भूतपूर्व प्रधानमन्त्री यासुओ फुकुदाले बेग्लाबेग्लै रुपमा भाषण दिनुभएको छ। चीनका भूतपूर्व परराष्ट्रमन्त्री लीले आफ्नो भाषणमा सुधार तथा खुलापनले चीनका लागि विशाल परिवर्तन ल्याएको व्यक्त गर्नुभएको छ। उहाँले अगाडि भन्नुभयो:चालीस वर्षअघि चीनले सुधार तथा खुलापन भन्ने महान ऐतिहासिक महाकार्य सुरु गरेको थियो। चालीस वर्षपछि वर्तमान चीन विश्वको दोस्रो ठूलो आर्थिक समूह, पहिलो ठूलो औद्योगिक मुलुक,पहिलो ठूलो मालसामानको व्यापारिक मुलुक, पहिलो विदेशी मुद्रा संचितिकर्ता मुलुक बनेको छ। चालीस वर्षभित्रमा चीनले औसत प्रतिवर्ष 9.5 प्रतिशत आर्थिक वृद्धिलाई साकार तुल्याएको छ। 74 करोड गरिब जनतालाई गरिबीबाट मुक्त गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु