फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र पोर्चुगलका प्रधानमन्त्रीबीच वार्ता

(GMT+08:00) 2018-12-06 10:08:18

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र पोर्चुगलका प्रधानमन्त्री एन्टोलिओ कोस्टाले ५ तारिख लिस्बनमा भेट-वार्ता गर्नुभएको छ।

सो क्रममा राष्ट्राध्यक्ष सीले हाल चीन र पोर्चुगलको सम्बन्ध इतिहासमै सबैभन्दा राम्रो अवधिमा प्रवेश गरेको र त्यस सामु नयाँ विकसित मौका देखा परेको बताउनुभयो। पोर्चुगल सँगसँगैको प्रयासमा चौतर्फी रणनैतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने इच्छा चीनले राखेको पनि बताउनुभयो।

त्यसै गरी प्रधानमन्त्री कोस्टाले राष्ट्राध्यक्ष सीको भ्रमणको महत्वपूर्ण ऐतिहासिक अर्थ रहेको बताउनुभयो। पोर्चुगल र चीन परम्परागत मैत्रिपूर्ण देश हुनुका साथै दुई देशबीच दीर्घकालीन आपसी विश्वास रहेको बताउँदै उहाँले स्थीर बैकिङको सुरक्षामा चीनद्वारा समर्थन दिइएकोमा पोर्चुगलको तर्फबाट धन्यवाद पनि ज्ञापन गर्नुभयो। प्रधानमन्त्री कोस्टाका अनुसार,

पोर्चुगलले खुला तथा सहयोग र स्वतन्त्र व्यापार धारणा लिनुका साथै "बेल्ट एण्ड रोड"को साझा निर्माणमा सक्रिय रुपमा भाग लिने इच्छा राखेको र यूरोप र चीनबीच विश्वास तथा सहयोगलाई बढाउन पोर्चुगलले अझ बढी भूमिका खेल्ने इच्छा लिएको छ।

वार्तापछि उहाँहरु "चीन र पोर्चुगलबीच "बेल्ट एण्ड रोड"निर्माणलाई अगाडि बढाउने समृत्ति पत्र" लगायत द्विपक्षीय सहयोगात्मक दस्तावेजको हस्ताक्षर समारोहमा उपस्थित हुनुभई पत्रकार सम्मेलनमा सहभागी हुनुभएको थियो।

जानकारी तथा लेखहरु