फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ सी आशियानमार्फत अन्तर्राष्ट्रिय बाटोको यात्रामा

(GMT+08:00) 2018-12-07 08:54:55

छन ऊकाअनुसार, क्वाङ सी चीनको पश्चिमी क्षेत्र हो र जातीय क्षेत्र पनि हो। क्वाङ सीको विकासको समष्टिगत स्तर उच्च भएन तर उच्च गुणस्तरको विकास सधैं नै क्वाङ सीको महत्वपूर्ण कार्य हो। हालैका वर्षहरूयता क्वाङ सीले उच्च गुणस्तरको विकासलाई अगाडि बढाएको, सुधारलाई सबल पारेको, उद्योग-व्यवसायको राम्रो संचालन वातावरणको सिर्जना गरेको, हरित विकासलाई घच्घच्याएको छ।

चालू वर्ष पनि चीनमा सुधार तथा खुलापन नीति लागू भएको चालीसौं वार्षिकोत्सव हो। सुधार तथा खुलापन निरन्तर रुपमा सबल भएको साथै क्वाङ सी पनि सिमाना क्षेत्रबाट विकास भई आशियातर्फ खुलापन हुने क्षेत्र बनेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको क्वाङ सी च्वाङ स्वायत्त प्रदेश समितिका सचिव लू सिन शले क्वाङ सीले विशेष क्षेत्रीय श्रेष्ठताको भूमिका निर्वाह गर्ने, "बेल्ट एण्ड रोड" निर्माणमा ठूलो भूमिका निर्वाह गर्न प्रयास गर्ने कुरा बताउनुभयो।

लू सिन शकाअनुसार, क्वाङ सीले चीन र सिंगापुरको अन्तर्क्रियाका लागि दक्षिणतर्फ बाटोको निर्माण गर्ने छ। यो बाटो चीन र आशियालाई जोड्ने सबैभन्दा छोटो समय, सबैभन्दा राम्रो सेवा, सबैभन्दा उत्तम मूल्यको अन्तर्राष्ट्रिय स्थल तथा जल व्यापारिक बाटो बन्ने छ।

1  2  3  
जानकारी तथा लेखहरु