फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ सी आशियानमार्फत अन्तर्राष्ट्रिय बाटोको यात्रामा

(GMT+08:00) 2018-12-07 08:55:07

चालु वर्ष क्वाङ सी च्वाङ स्वायत्त प्रदेश स्थापनाको साठीऔं वार्षिकोत्सव हो। साठी वर्षयता क्वाङ सीको समष्टिगत शक्ति स्पष्ट रुपमा बलियो भएको, आधारभूत प्रबन्ध सुध्रिएको, सुधार तथा खुलापन निनरतर रुपमा सबल भएको र सर्वसाधारणको जीवनको चौतर्फी रुपमा विकास भएको छ। क्वाङ सी च्वाङ स्वायत्त प्रदेशका अधिकारीले हाल पैचिङमा नयाँ ऐतिहासिक शुरुवातमा क्वाङ सीले खुला विकास, सिर्जनशील विकास, हरियो विकास, उच्च गुणस्तरको विकास साकार तुल्याउन निरन्तर लाग्ने बताएका छन्।

सन् 1958 मा क्वाङ सी च्वाङ स्वायत्त प्रदेशको स्थापना भएको थियो। पछिल्लो तथ्यांकअनुसार, च्वाङ जातिको जनसंख्याले क्वाङ सीको कुल जनसंख्याको 32 प्रतिशत ओगटेको छ। साठी वर्षयता, क्वाङ सीको आर्थिक तथा सामाजिक विकासमा ठूलो परिवर्तन भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको क्वाङ सी च्वाङ स्वायत्त प्रदेश समितिका उप सचिव एवं अध्यक्ष छन ऊले हाल चीनको राज्य परिषदको प्रेस कार्यालयद्वारा आयोजना गरेको पत्रकार सम्मेलनमा शृङ्खलाबद्ध तथ्याङ्कले साठी वर्षमा क्वाङ सीको आर्थिक शक्ति ठूलो मात्रामा बढेको कुरा देखाएको कुरा बताउनुभयो। उहाँले भन्नुभयो "सन् 2017 मा क्वाङ सीको अर्थतन्त्रको कुल रकम बीस खर्ब चिनियाँ युआन पुगेको र जुन सन् 1958 को भन्दा 832 गुणा हो। बित्तीय आम्दानी सन् 1958 को छयालीस करोड साठी लाख चिनियाँ युआनबाट बढेर सन् 2017 मा दुई खर्ब साठी अर्ब चिनियाँ युआन पुगेको छ। पहिला कुनै पनि व्यवसाय थिएन। हाल एक खर्ब चिनियाँ युआनभन्दा बढी पुगेका उद्योग व्यवसाय दश वटा रहेका छन्।"

1  2  3  
जानकारी तथा लेखहरु