फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सन् 2018 चीनको अनुभव---चीनको पश्चिमी भागको सांस्कृतिक यात्रा" रुसमा प्रवेश

(GMT+08:00) 2018-12-10 09:36:04

"सन् 2018 चीनको अनुभव---चीनको पश्चिमी भागको सांस्कृतिक यात्रा" शीर्षकको सांस्कृतिक आदान-प्रदान गतिविधि गत नोभेम्बर 23 देखि 25 तारिखसम्म मस्कोमा आयोजना गरियो। चीनको पश्चिमी भागको नाचगान, चलचित्र प्रसारण, फोटो प्रदर्शनी र रुसी कलाकारद्वारा कोरिएका चीनको तुङ ह्वाङ विषयक चित्र लगायत रङ्गीचङ्गी विषयहरूमार्फत चीनको पश्चिमी भागको प्राकृतिक दृश्य, जातीय संस्कृति, सामाजिक अर्थतन्त्र र जन जीवन पनि प्रतिबिम्बित गरिएको छ।

गत नोभेम्बर 23 देखि 24 तारिखसम्म चीनको कान्सु प्रान्तीय नाचगान थिएटर र तिब्बत स्वायत्त प्रदेशको ल्हासा शहरको नाचगान मण्डलीले संयुक्त रुपमा देखाएको "मनोरञ्जनात्मक पश्चिमी भाग" शीर्षकको तुङ ह्वाङ नाच र जातीय नाचगान कार्यक्रम मस्को सँगीत थिएटरमा आयोजना गरिएको थियो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार विभाग अन्तर्गत मानव अधिकार मामिला ब्युरोका उपप्रमुख रन स्याङ छ्युनका अनुसार, रेशमी मार्गको शुरुवातको रुपमा रही चीनको पश्चिमी भागले "बेल्ट एण्ड रोड"को निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। रुस चीनको सबैभन्दा ठूलो छिमेकी मुलुक, असल साझेदार हुनुका साथै "बेल्ट एण्ड रोड"का महत्वपूर्ण आबद्ध मुलुक पनि हो। यस पटक चीनको पश्चिमी भागको संस्कृतिले रुसमा प्रवेश गरेपछि चीनको पश्चिमी भाग सम्बन्धी रुसी सर्वसाधारणको समझदारीलाई पनि गहन पारेको छ। मानव अधिकार मामिला ब्युरोका उपप्रमुख रन स्याङ छ्युन यसरी भन्नुहुन्छ:

दुवै देश बीचको आपसी समझदारी, आदान-प्रदान र आवत-जावतका लागि सांस्कृतिक आदान-प्रदानको ज्यादै ठूलो अर्थ रहेको छ। ती गतिविधिहरूबाट चीन र रुस दुवै देशबीचको सांस्कृतिक आदान-प्रदान निरन्तर रुपमा गहिरिंदै जानुका साथै दुई देशका जनता बीच मनको दुरी पनि झन् झन् नजिक हुँदै आएको स्पष्ट देखिन्छ।

चीनको पश्चिमी भागको रङ्गीचङ्गी जातीय नाचगान र तुङ ह्वाङ कला चीन राष्ट्रको निकै मूल्यवान सांस्कृतिक धनसम्पत्ति भएको मात्र नभई विश्व बहुपक्षीय संस्कृतिको एक महत्वपूर्ण अङ्ग पनि हो। गतिविधि चलेको अवधिमा चिनियाँ कलाकारहरूले रुसी दर्शकसमक्ष "जिउँदो जिवाश्म"भनिने तिब्बती नाटक, तुङ ह्वाङको मो काउ गुफाको भित्ते-चित्रबाट सिर्जित विशेष नाच, तिब्बती जातिको प्राचीन वाद्य-वादनद्वारा बजाइएको सङ्गीत र अन्य विशेतायुक्त जातीय कार्यक्रम पनि देखाइएका थिए।

मस्को विश्वविद्यालयका विद्यार्थी नास्थियाले पहिलो पल्ट चीनको पश्चिमी भागको संस्कृतिसँग सम्पर्क राखे तापनि आफुलाई साह्रै रुचि लागेको र मन परेको बताउनुभयो। नाच सिक्ने उहाँले रुसी लोक नाच र चीनको पश्चिमी भागको जातीय नाच बीच धेरै समानता रहेको अनुभव गर्नुभयो। उहाँलाई साह्रै अनौठो लागेको छ।

"सन् 2018 चीनको अनुभव---चीनको पश्चिमी भागको सांस्कृतिक यात्रा" शीर्षकको सांस्कृतिक आदान-प्रदान गतिविधि चलेको अवधिमा "रङ्गीचङ्गी पश्चिमी भाग" शीर्षकको फोटो प्रदर्शनीको पनि आयोजना गरिएको थियो। प्रदर्शनीमा देखाइएका 40 वटा फोटो र तस्वीरले विविध दृष्टिबाट चीनको पश्चिमी भागको रमणीय प्राकृतिक दृश्य, विशेषतायुक्त जातीय रीतिरिवाज र जिवन्त आर्थिक विकासको व्याख्या गरेका छन्। 10 जना रुसी कलाकारद्बारा सिर्जित तस्वीरले चीनको पश्चिमी भागको तुङ ह्वाङ मो काउ गुफाको भित्ते चित्र बमोजिम सभ्यताको पारस्परिक आदान-प्रदान गरिने रेशमी मार्ग भावना पनि स्पष्टसँग देखाएको छ। यसका अतिरिक्त उक्त गतिविधिमा "तेस्रो ध्रुव" र "स्याङ पालामा भेटौंला" शीर्षकका दुईवटा चलचित्रको प्रसारणमार्फत छिङहाई तिब्बत पठार भूमिमा बसोबास जनता तथा प्रकृति बीच मिल्दोजुल्दोसँग व्यवहार गरिएको रोचक कथा पनि उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु