फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रत्यक्ष प्रसारणमा फरक क्षमता भएका जोडीको फेरिएको जीवन

(GMT+08:00) 2018-12-13 19:51:38

यान च दिदी र हाउ च दाइ सन् १९८० मा जन्मेका हुन्। बाल-बालिकाको जस्तै बराबर उचाइ भएका उनीहरूले सांस्कृतिक टोलीमा अभिनेता-अभिनेत्रीको रूपमा काम गरेका थिए। पछि समाज सेवाका क्षेत्रमा काम गर्दै शिक्षक-शिक्षिकाको रूपमा बाल-बालिकाहरूलाई पढाए पनि। केही समयअघि उनीहरूले चीनमा इन्टर्नेट शपिङ प्ल्याटफर्म थाउपाउमा प्रत्यक्ष प्रसारणमा भाग लिएर हाङचौ शहरमा प्रत्यक्ष प्रसारण मार्फत् बालबालिकाका पोशाक तथा जुत्ता बेच्न थालेका छन्। हरेक दिन ८ घण्टासम्म प्रत्यक्ष प्रसारण गर्ने उनीहरू व्यस्त भएको बेला पानी पिउन पनि एकपछि मात्रै समय पाउँछन्। यसै प्रत्यक्ष प्रसारणमार्फत ब्राण्ड प्रस्तुत गर्ने प्रयासमार्फत आफ्नो सपना साकार तुल्याइरहेको उनीहरूको विचार छ। उनीहरूको आशा छः 'आफ्नो जस्तै उचाइ भएका अझ बढी साथीहरूका लागि रोजगारी सिर्जना गर्दै जाउँ।'

1  2  3  4  
जानकारी तथा लेखहरु