फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ सीद्वारा गरिबी निवारणलाई सर्वासधारणको जीवनसम्बन्धी पहिलो परियोजनाको रुपमा राखिएको

(GMT+08:00) 2018-12-14 10:43:12

चीनको दक्षिण-पश्चिमी क्षेत्रमा पर्ने क्वाङ सी च्वाङ स्वायत्त प्रदेशले गरिबी निवारणलाई चौतर्फी रुपमा अगाडि बढाउन धेरै कदमहरू चालेको छ। विगत पाँच वर्षमा क्वाङ सीले सत्तरी लाख नब्बे हजार गरिब जनसंख्या घटाएको थियो भने हरेक वर्ष औसतमा एघार लाख असी हजार जना गरिब सर्वसाधारण घटेको थियो। क्वाङ सीका गरिब क्षेत्रहरूमा व्यवसायको विकासमार्फत गरिबी निवारण, गाउँको सामूहिक अर्थतन्त्रको विकास, आधारभूत प्रबन्धको निर्माण गरी ती कदमहरूले ती क्षेत्रहरूलाई सटीक लक्ष्यसहित गरिबी निवारण कार्य बढाएका छन्। आगामी दिन क्वाङ सीले स्थिरताका साथ आम्दानी बढाउने दीर्घकालीन लक्ष्य साकार तुल्याउन प्रयास गर्ने छ।

क्वाङ सीले गरिबी निवारणलाई सबैभन्दा ठूलो राजनीतिक दायित्व र सर्वसाधारणको जीवनसम्बन्धी पहिलो परियोजनाको रुपमा राखेको छ। क्वाङ सीले हरेक गाउँ, हरेक गरिब परिवार र हरेक वासिन्दाको फरक अवस्थाबमोजिम सटीक कदम चालेको छ। ह छ शहरको तुङ लान जिल्लाको प्राकृतिक अवस्था गम्भीर छ र अति गरिब जिल्ला हो। तर त्यहाँको तुङ लान कुखुरा चिनियाँ राष्ट्रिय भौगोलिक संरक्षित मार्का हो। स्थानीय सरकारले गरिब परिवारलाई तुङ लान कुखुरा पाल्न मद्दत दिएको छ। तुङ लान जिल्लाका सम्बन्धित कर्मचारी लिउ यान च भन्नुहुन्छ

"हाम्रो जिल्लाले सन् २०१७ देखि हरेक वर्षमा कुखुरा खोरको निर्माणमा एक करोड पचास लाख चिनियाँ युआन लगाएको छ। कुखुरा खोर गाउँको सामूहिक स्वामित्व हो। यहाँ कुखुरा पालिन्छ। हरेक कुखुराको पन्ध्र चिनियाँ युआन नाफाको मापदण्डबमोजिम वितरण गरिन्छ। तीमध्ये आठ युआन गरिब परिवारलाई दिइन्छ। पाँच युआन कुखुरा पाल्ने किसानलई दिइन्छ। त्यसै गरी एक/एक युआन गाउँ समूह र कम्पनीलाई दिइन्छ। यो ढाँचा के हो भने "कम्पनी जोड आधार क्षेत्र जोड चिनियाँ कम्युनिष्ट पार्टीको गाउँ समिति जोड किसान"को ढाँचा हो। सन् २०१७ देखि हालसम्म तुङ लान जिल्लाले दश लाख सत्तचालीस हजार आठ सय कुखुरा पालिसकेको छ भने पालनबाटको आम्दानी एकसट्ठी लाख बाउन्न हजार सात सय चिनियाँ युआन पुगेको छ। गरिब परिवारका प्रति व्यक्तिको आम्दानी एक सय बयान्नब्बे चिनियाँ युआनले वृद्धि भएको छ।"

क्वाङ सीमा तुङ लान जिल्लाजस्तै व्यवसायको विकासमार्फत गरिबी निवारण अगाडि बढाएका गरिब जिल्लाहरू धेरै छन्। क्वाङ सीले सबै गरिब जिल्लाहरूलाई विशेष व्यवसायको विकास गर्न निर्देशन गरेको छ। विगत दुई वर्षमा विशेष व्यवसायले दश लाख गरिब वासिन्दालाई गरिबीबाट मुक्त हुन मद्दत दिएको छ।

क्वाङ सीका केही क्षेत्रहरुमा कुनै घाँस र वनस्पति उम्रिदैन। त्यहाँ यातायातको पनि असुविधा छ। हालैका वर्षहरूयता क्वाङ सीले गरिबी निवारणका लागि वासिन्दालाई पुरानो जन्मथलोबाट अर्को ठाउँ सार्न निर्देशन दिएको छ। सन् २०१६ देखि चालू वर्षको सेप्टेम्बर महिनासम्म जम्मा छ लाख छयालीस हजार गरिब वासिन्दा पहाडी क्षेत्रबाट बाहिरिएर नयाँ घरमा सरेका छन्।

क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेश सन् १९५८ देखि स्थापना भएयता वासिन्दाको जीवनले पर्याप्त खाना र कपडा मात्रै रहेको अवस्थाबाट चौतर्फी रूपमा सम्पन्न जीवनतर्फ लम्केको छ। गत वर्ष क्वाङ सीका शहर र ग्रामीण क्षेत्रका वासिन्दाको प्रति व्यक्तिको आम्दानी छुट्टा-छुट्टै रुपमा तीस हजार र दश हजार चिनियाँ युआनभन्दा बढी पुगेको थियो। क्वाङ सीको ग्रामीण क्षेत्रका गरिब जनसंख्या पचास वर्षअघिको दुई करोड दश लाखबाट घटेर गत वर्षसम्म छब्बीस लाख सत्तरी हजार पुगेको छ।

जानकारी तथा लेखहरु