फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्रेडिटको निर्माण नै चिनियाँ व्यवसायको अन्तर्राष्ट्रिय व्यापार र लगानीको सुरक्षित प्रत्याभूति हो

(GMT+08:00) 2018-12-20 08:55:47

"नयाँ युग अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक क्रेडिट प्रणालीको निर्माण:क्रेडिटमार्फत् अन्तर्राष्ट्रिय अर्थ तथा व्यापारमा अझ सुविधा" भन्ने मुख्य विषय लिएको एघारौं चीन अन्तर्राष्ट्रिय क्रेडिट तथा जोखिम व्यवस्थापन बैठक यस डिसेम्बर17तारिख पैचिङ्गमा आयोजना भएको छ। हाल केही वर्षयता चीनले चौतर्फी रुपमा सामाजिक क्रेडिट प्रणालीको निर्माणलाई प्रवर्द्धन गर्दै पूरै देशमा सामाजिक क्रेडिट सम्बन्धी सूचनाको संयुक्त उपभोगलाई साकार तुल्यएको छ। चीनमा एकीकृत सामाजिक क्रेडिट कोड प्रणालीको स्थापना गर्नुका साथै व्यवसायको क्रेडिट मूल्याङ्कन मापदण्ड,व्यवसायको क्रेडिट व्यवस्थापन सिस्टम लगायत 28 राष्ट्रिय क्रेडिट मापदण्ड सार्वजनिक गरेको छ।

एघारौं चीन अन्तर्राष्ट्रिय क्रेडिट तथा जोखिम व्यवस्थापन बैठकमा चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषदका उपाध्यक्ष लु फङ छिले व्यक्त गर्नुभएअनुसार समाजवादी बजारको आर्थिक प्रणालीको स्थापना र यस प्रणाली क्रमशः परिपक्व बन्दै गएको साथमा चीनको क्षेत्रीय र अन्तर्राष्ट्रिय क्रेडिट प्रणाली लगातार स्थापना भएको देखिन्छ। उहाँले अगाडि भन्नुभयो:विशेष गरी सन्2017देखि यता राजनीतिक नीतिलाई सजिलो बनाउँदै सरकार नियन्त्रित शक्तिलाई शिथिल पार्ने कदमलाई समर्थन गर्ने भन्ने आधारमा रहेको क्रेडिटको निर्माण तीव्र गतिमा विकसित भैरहेको छ। सारा देशको क्रेडिट सूचनाको संयुक्त उपभोग्य मञ्च आधारभूत रुपमा स्थापना भएको छ। स्थानीय क्रेडिट निर्माणले वाणिज्य वातावरणलाई राम्रो बनाएको देखिन्छ। सामाजिक क्रेडिट विचार झन झन बढी बलियो बन्दै गएको छ।

वर्तमान अन्तर्राष्ट्रिय व्यापार सारा विश्व अर्थतन्त्रको विकासको मुख्य प्रवर्द्धक शक्तिहरुमध्ये एक बनेको छ। विभिन्न मुलुकको विभिन्न राष्ट्रिय अवस्था र विभिन्न नीति भएकाले चिनियाँ व्यवसायले ठूलो मुलुक अन्तर्राष्ट्रिय व्यापार तथा लगानीमा केही समस्याको सामना गरेको छ। यसप्रति उपाध्यक्ष लुले जोड दिनुभएअनुसार अन्तर्राष्ट्रिय व्यापारको निरन्तर तथा स्वस्थ विकासलाई प्रवर्द्धन गर्नका लागि सामाजिक क्रेडिट प्रणालीलाई पूर्णता दिलाउनुपर्छ। उहाँले भन्नुभयो:राष्ट्रिय सूचनालाई चौर्तफी जानकारी दिएबाट व्यवसायले जोखिम रोक्नका लागि हितकर हुने छ। त्यसैले विभिन्न मुलुकको आर्थिक तथा व्यापारिक वातावरण सम्बन्धी सूचनाको सङ्कलनलाई मजबुत बनाउनुपर्छ।

जानकारी तथा लेखहरु